मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

सेयर बजारमा उतारचढावपूर्ण अवस्था, साताभरको स्थिति लगानीकर्ताका लागि सुखद

images
बिहीबार , माघ ४ २०८०
images
images
सेयर बजारमा उतारचढावपूर्ण अवस्था, साताभरको स्थिति लगानीकर्ताका लागि सुखद
images
images

काठमाडौं- गएको साता ३९.७१ अंकको सुधार देखिएको बजार यो साता ६६.८२ अंकले बढेको छ। बजार उतारचढावपूर्ण अवस्थामा देखिए पनि सुधारतर्फकै गति लिइरहेको छ। 

images
images

यो साता पहिलो कारोबारमा आइतबार ३१.६२ अंकले बढेको बजार सोमबारको बिदापछि मंगलबार ५४.५४ अंकले बढेको थियो। बुधबार १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा पुगेको बजार बिहीबार पनि घटेको छ।

images
images

बिहीबार ७.२४ अंकले घटेर बजार २१५५.८२ बिन्दुमा झरेको छ। ११२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ। १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images
images

बुधबार ठूलो उतारचढावबी बजारमा करेक्सन देखिएको थियो। बुधबार कारोबार सुरु भएदेखि निरन्तर बढेको बजारले मनोवैज्ञानिक आधार बिन्दु मानिएको २२०० को बिन्दुसमेत पार गरेको थियो। बुधबार कारोबारका हिसाबले बजारले सुखद संकेतकै निरन्तरता देखिएको थियो। जहाँ ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँको कारोबार भएको थियो। 

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिन्छ। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै अघि बढिरहेको छ। 

लगानीकर्ताहरू बजार अहिले मनोवैज्ञानिक आधार बिन्दुबाट पार हुनेमा आशावादी नै देखिएका छन्। अहिले संगठित लगानीकर्ताहरू पनि सुधारोन्मुख देखिएको बजार २२०० को बिन्दुबाट अघि बढ्ने अपेक्षामा छन्। आउने साता पनि उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने उनीहरू बताउँछन्। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजारले उतारचढावबीच लगानीकर्ताको साथ पाइरहेको हो। 

बैंक वित्तीय संस्थाहरुले माघ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर करिब १ प्रतिशत बिन्दुले घटाएपछि पनि लगानीकर्ता हौसिएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जा प्रवाह नबढेपछि अधिकांश बैंक वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएर कष्ट अफ फण्ड सस्तो बनाउने प्रयत्न गरिरेहका छन्। केही वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरसँगै प्रिमियम दर पनि घटाइरहेका छन्।


प्रकाशित : बिहीबार , माघ ४ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend