शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

नगरपालिकाबाट कृषि सामग्री पाएपछि मटिहानीका किसान उत्साहित

images
बिहीबार , माघ ४ २०८०
images
images
नगरपालिकाबाट कृषि सामग्री पाएपछि मटिहानीका किसान उत्साहित
फाइल तस्बिर

अहिले बैशाखी सागजब्जी लगाउने बेलामै सामग्री पाएपछि निस्फिक्री काममा लाग्न सहज भएको किसानहरू बताउँछन्।

images
images

महोत्तरी- कृषि कार्यका सहयोगी ज्यावल र बीउ पाएपछि महोत्तरीको मटिहानीका किसान उत्साहित छन्। ब्याडमा पानी पटाउने हजारी, पानी भण्डारण गर्न ड्रम, उत्पादन टिप्ने र बजार पुर्‍याउने क्रेट, औषधि छर्कने ‘स्प्रेयर, नानो नाइट्रोजन’ झोल, ‘नर्सरी ट्रे’सहितका कृषि सामग्री र सागजब्जीका बीउ मटिहानी नगरपालिकाले किसानलाई वितरण गरेको छ।

images
images
images

प्रारम्भिक चरणमा मटिहानी-७ र ९ का कृषक समूहमा आबद्ध ३० किसानले यी सामग्री पाएका छन्। सामान्यतः सागजब्जी खेतीमा आवश्यक सबैजसो सामग्री पाएपछि किसान खुसी छन्। अहिले बैशाखी सागजब्जी लगाउने बेलामै सामग्री पाएपछि निस्फिक्री काममा लाग्न सहज भएको किसानहरू बताउँछन्।

images

यसअघि मङ्सिरमा मटिहानी नगरपालिकाले गहुँखेती गर्ने किसानलाई बीउ उपलब्ध गराएको थियो। यो सुविधा नगरक्षेत्रका नौ सय किसानले पाएका मटिहानी नगर कार्यपालिकाको कार्यालयका कृषि शाखा प्रमुख टंकप्रसाद उपाध्यायले बताए।

images
images
images

मटिहानी नगर कार्यपालिकाले आफ्नो क्षेत्रको कृषि उत्पादन बढाउन विभिन्न मौसमी बालीका समयमा बीउ, मलदेखि अन्य प्रविधिलगायत किसानलाई सुविधा दिँदै आएको जनाएको छ। 'हाम्रो नगरको मुख्य आधार नै कृषि हो, त्यसैले विभिन्न बाली लगाइने बेला किसानका लागि खास ‘प्याकेज’मा सहयोग गर्दै आएका छौँ', नगरप्रमुख हरिप्रसाद मण्डल भन्छन्।

नगर कार्यपालिकाको कार्यालयले पछिल्ला तीन-चार वर्षयता निरन्तर कृषि प्रवर्द्धनमा जोड दिँदै आएको लाभग्राही किसानले बताएका छन्। धान, गहुँँ र मौसमी सागजब्जीको बीउ समयमा पाउँदा निकै राहत मिलेको मटिहानी-५ का किसान नागेन्द्र यादव बताउँछन्। कार्यालयले यसअघि ‘स्यालोट्युबवेल’ जडान गरी ३० जना किसानलाई मोटर ‘पम्पसेट’ उपलब्ध गराएको थियो। 'स्यालो ट्युबवेल जडान र ‘मोटर पम्पसेट’ भएपछि बाली लगाउन पाइने भएको छ', मटिहानी-२ का किसान शेषमहम्मद जैशले भने।

नगरका नौवटै वडाबस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन गरेका किसानलाई स्यालो ट्युबवेल जडान र मोटर पम्पसेट खरिदमा कार्यालयले कुल लागतमा ८५ प्रतिशत र सम्बन्धित किसानले १५ प्रतिशत रकम लगानी गरेका थिए। यसैगरी कार्यालयले यसअघि फलफूल रोप्न, मखान बजार व्यवस्थापन सहयोगी सामग्री, दाइँ गर्ने यान्त्रिक उपकरण र कृषि ज्यावल किसानलाई उपलब्ध गराएको थियो।

पछिल्ला पाँच वर्षयता बर्सेनि  मौसमअनुसार बाली लगाउन बीउ, कृषि ज्यावल, जैविक मलसहितका सामग्री दिँदै आएको छ। प्राप्त सहयोगबाट आआफूजस्ता गरिब किसानलाई निकै राहत मिलेको मटिहानी-६ का मेराज अन्सारी बताउँछन्। रासस


प्रकाशित : बिहीबार , माघ ४ २०८०१४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend