शनिबार, असोज ५ गते २०८१    
images
images

पैसा दोबर बनाइदिने लोभमा परेर सापटी, ठगियो १ करोड २२ लाख

images
शुक्रबार, मंसिर १७ २०७८
images
images
पैसा दोबर बनाइदिने लोभमा परेर सापटी, ठगियो १ करोड २२ लाख

१ करोड २२ लाख रुपैयाँ ठगिन पुगेको रहस्य प्रहरीले पत्ता लगाएको छ। 

images
images

काठमाडौं- सापटी दिएको रकम केही दिनको अन्तरालमा दोबर पारेर दिने गफ विश्वास गर्दा केही व्यक्ति करोडौँ रकम ठगिन पुगेका छन्। 

images
images
images

चिन्दै नचिनिएका र कहिल्यै भेटघाट नभएका मान्छेप्रति सामाजिक सञ्जालमा भएको कुराकानीकै आधारमा ठगी भएको रहस्य बाहिर आएको छ। जसमा १ करोड २२ लाख रुपैयाँ ठगिन पुगेको रहस्य प्रहरीले पत्ता लगाएको हो। 

यसरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जना पक्राउसमेत परेका छन्। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन्। 

उनीहरूमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

images

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा बेन्जामिन फ्रयाङ्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाइ सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोबर रकम फिर्ता दिने प्रलोभन देखाएका थिए। 

ती विदेशी नागरिकले प्रलोभनमा पारेर भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बर प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खाताबाट ७८ लाख, भुजेलको नामको नविल बैंकको खाताबाट ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिसबाट थप रकमसमेत गरी ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ। 

उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८०८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend