सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

यति ब्रुअरीले बुक बिल्डिङमार्फत आईपीओ ल्याउने

images
बुधबार, माघ ३ २०८०
images
यति ब्रुअरीले बुक बिल्डिङमार्फत आईपीओ ल्याउने
images
images

काठमाडौं- यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्कासन गर्नको लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

images
images
images

उक्त सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

images
images

अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यति ब्रुअरी लिमिटेडको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ। यति ब्रुअरी लिमिटेडले हाल अर्ना, यति, वाईबी, शिखर, किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।

images
images

उक्त सम्झौताअन्तर्गत एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ विधिमार्फत यति ब्रुअरी लिमिटेडको साधारण सेयरहरु सार्वजनिक निष्कासन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिने जनाइएको छ। 
    


प्रकाशित : बुधबार, माघ ३ २०८०१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend