शनिबार, जेठ ५ गते २०८१    
images
images

मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयको अपिल

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३ २०८०
images
images
मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयको अपिल

पछिल्लो पटक सोमबारदेखि वितरण गरिएको मेलम्चीको पानी धमिलो आएको र यसको गुणस्तरमा शंका लागेको भन्ने समाचार आएपछि मन्त्रालयले यो अपिल गरेको हो।

images
images

काठमाडौं- पछिल्लो पटक गत सोमबारदेखि काठमाडौंमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ।

images
images
images

खानेपानी मन्त्रालयले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शंका नगर्न आग्रह गरे‍को हो।

images

'मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ। पुराना पाइप लाइनहरु लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि ‘फ्लसिङ’ सँगै क्रमसः सफा पानी प्रवाह हुने भएकाले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाको पछि नलाग्न मन्त्रालय र मन्त्रालय मातहत खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरु सबैमा हार्दिक अपिल गर्दछ', मन्त्रालयद्वारा आज प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ।

images
images

पछिल्लो पटक सोमबारदेखि वितरण गरिएको मेलम्चीको पानी धमिलो आएको र यसको गुणस्तरमा शंका लागेको भन्ने समाचार आएपछि मन्त्रालयले यो अपिल गरेको हो।  

images
images

यसैबीच मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेकाले कुनै समस्या भएमा सो समितिमा खबर गर्नसमेत सो सूचनामा आग्रह गरिएको छ।

मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने सरकारको लक्ष्य रहेको जनाइएको छ। 


प्रकाशित : बुधबार, माघ ३ २०८०१२:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend