शनिबार, जेठ ५ गते २०८१    
images
images

काठमाडौं महानगरले ६ महिनामा असुल गर्‍यो ४ अर्ब ९० करोड राजस्व

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३ २०८०
images
images
काठमाडौं महानगरले ६ महिनामा असुल गर्‍यो ४ अर्ब ९० करोड राजस्व

कामपाले चालु आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ। गत आवमा भने ९ अर्ब ८ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व असुल गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व असुल गरेको थियो।

images
images
images

अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष ३५ करोडले बढी राजस्व असुल भएको काठमाडौं महानगरको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी बहाल करमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ।  

images

त्यस्तै सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार असुल गरेको हो। विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो।

images
images

काठमाडौं महानगरले चालु आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ। गत आवमा भने ९ अर्ब ८ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो।

images
images

विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेपनि चालु आवमा लक्ष्यमा पुग्न समस्या नहुने काठमाडौं महानगरको भनाइ छ।

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा काठमाडौं महानगरले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए। चालु आवमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनको भनाइ थियो।

यसवर्ष काठमाडौं महानगरका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ।

पछिल्लो समय काठमाडौं महानगरले राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल उपर गर्न सहज भएको काफ्लेले बताए।

काठमाडौं महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका-२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ।

निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराउँदा दवैका बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्ने छ।

लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारेसमेत उल्लेख गरेको हुनुपर्ने छ। 


प्रकाशित : बुधबार, माघ ३ २०८०१२:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend