काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।
मंगलबार नेपाली बाजरमा प्रतितोला १ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला १ हजार द्द सय रूपैयाँ घटेको हो।
बुधबार नेपाली बावरमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला लाख १७ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। बुधबारका लागि चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।