शनिबार, साउन १२ गते २०८१    
images
images
images

पाथीभरामा बढे हेलिकप्टरमा आउने तीर्थयात्री 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १७ २०७८
images
images
पाथीभरामा बढे हेलिकप्टरमा आउने तीर्थयात्री 
images

फुङ्लिङ- माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ। ती हेलिकप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो।

images
images

धराको भेडेटारबाट दसैँयता ७० उडान भएको छ। यस क्रममा ४५० भक्तजन भेडेटारबाट ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक पविन श्रेष्ठले बताए। बिहानबिहानै हेलिकप्टरका आवाजले फुङ्लिङ बजारवासी उठ्ने बानीको विकाससमेत हुँदै गएको ताप्लेजुङका स्थानीयवासी चितेन लिम्बूले बताए।

images

सदरमुकाम फुङलिङ, पॉचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री रोसार आएको  पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।

धरानबाट ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक श्रेष्ठले बताए। यस वर्ष हेलिकप्टरमा चढेर पाथीभरा जाने यात्रुको सङ्ख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको धरान होलिडे ट्राभल एण्ड टुरले जनाएको छ। यात्रुका हिसाबले एकपटकमा पॉच जना बोक्ने हेलिकप्टरले धरानबाट एउटा उडानमा एक लाख ६० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन्।

images

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १० हजार, पॉचथरको फिदिमबाट २२ र इलामको कन्यामबाट ३५ हजार रुपैयाँ भाडा लिने गरेको मेवाखोला हिल रिर्सोटका सञ्चालक सुरेश लिम्बूले बताए। काठमाडौँबाट सिधै आउने यात्रुको सङ्ख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए। तर  हेलिकप्टरबाट कति सङ्ख्यामा तीर्थयात्री आए तथ्याङ्क राख्ने नगरेको क्षेत्र विकास समितिले जनाएको छ। 'हामीले पैदल हिँडेर जानेको चाहिँ तथ्याङ्क राख्ने गरेका छौँ, हेलिकप्टरबाट आउनेको छैन', काफ्लेले भने।

दसैँको नौरथा सुरु भएको असोज २१ देखि मङ्सिर १४ गतेसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ। दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्याङ्क समितिसँग छ ।

पाथीभरामा तीर्थयात्रीले चढाएको आठ करोड रुपैयाँ बैंक मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालु आव २०७८ को असार मसान्तसम्म तीन करोड २७ लाख ३० हजार ७५८ रुपैयाँ बैंक मौज्दात छ। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिमा (समुदायस्तरमा गठित समिति) तीन करोड ३३ लाख ३५ हजार २०७ रुपैयाँ रहेको छ।

सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कूल आठ करोड रुपैइाँ भेटी सङ्कलन बैंक मौज्दात रहेको क्षेत्र विकास समितिले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८०६:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend