सोमबार, वैशाख १७ गते २०८१    
images
images

घरजग्गा र सेयर बजार सकारात्मक बन्दै, लगानीकर्तामा देखिएको उत्साहले कारोबार उचाइतर्फ

images
images
images
घरजग्गा र सेयर बजार सकारात्मक बन्दै, लगानीकर्तामा देखिएको उत्साहले कारोबार उचाइतर्फ

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा घरजग्गामा ४ अर्ब ६८ करोड रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ।

images
images

काठमाडौं- तीन वर्षयता बढ्न नसकेको घरजग्गा र सेयर बजार पुनः लयमा फर्कने संकेत देखिएको छ।  नेपाल राष्ट्र बैंकले घरजग्गा र सेयर बजार दुवैप्रति नरम नीति लिन थालेसँगै दुवैको कारोबार बढ्न थालेको हो।

images
images
images

मंगलबार सेयर बजार ५४.५४ अंकले बढ्दा ८ अर्बको कारोबार भयो। जुन रकम दुई वर्षयताकै बढी हो। 

images

यता घरजग्गा कारोबार पनि साउनयता लगातार बढ्ने चरणमा छ।

images

घरजग्गामा विगतमा अत्याधिक कर्जा प्रवाह हुँदा मूल्य पनि अत्याधिक बढेको थियो। राष्ट्र बैंकले घरजग्गामा जाने कर्जामा कडाइ गरेसँगै कारोबारमा पनि मन्दी आएको थियो। गत महिना मौद्रिक समीक्षामार्फत केही सहजता दिएसँगै पुनः कारोबार बढ्ने संकेत गरेको छ।

images
images

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा घरजग्गामा ४ अर्ब ६८ करोड रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ। जुन गतवर्षको तुलनामा १.९ प्रतिशतले कमी हो। कर्जा प्रवाह कमी आएपनि केही सुधारतर्फ भने गएको तथ्यांकले देखाउँछ।  गतवर्ष २०७९/८० को पाँच महिनामा ७ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ४४ अर्ब रुपैयाँ पाँच महिनामै घरजग्गामा बैंकहरुले कर्जा प्रवाह गरेका थिए।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। विगतमा २ खर्ब भन्दा बढी कर्जा प्रवाह हुने तर गतवर्ष देखि घटेसँगै कारोबारमा मन्दी आएको थियो।  

राष्ट्र बैंकले लचिलो नीति लिएर सकारात्मक बनेसँगै घरजग्गाको कारोबारसमेत बढ्न थालेको छ। घरजग्गामा पछिल्लो तीन वर्षदेखि सुस्ताएको कारोबार केही बढ्न थालेको हो। तर अपेक्षाकृत सुधार भने देखिएको छैन।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत घरजग्गा कारोबार सहज हुन सहयोग गर्नेगरी नीति लिएको थियो। पछिल्लो ६ महिनामा २ लाख ३५ हजार घरजग्गा खरिदबिक्री भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकानुसार पुस महिनामा मंसिरको तुलनामा केही बढेको छ। कात्तिकमा भन्दा मंसिरमा पनि केही वृद्धि भएको थियो। पुस महिनामा ४५ हजार घरजग्गा किनबेच हुँदा ३५ हजार ४३५ वटा रोक्का र २५ हजार ७४९ वटा फुकुवा भएका छन्।

विभागका अनुसार मंसिरमा ४१ हजार ८५१ लिखत पारित भएको यिथो। कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको थियो। तथ्यांकअनुसार मंसिरमा १६ हजारले कारोबार बढेको थियो।

घरजग्गा कारोबारबाट मंसिरमा २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन भएको थियो। विभागको तथ्यांकअनुसार पुस महिनमा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ५१ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो रकमको सुधारले घरजग्गा कारोबार बढ्न थालेको देखिन्छ। राष्ट्र बैंकको समीक्षाले घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो।

विभागका अनुसार ६ महिनामा २ लाख ३५ हजार ४ सय ७७ वटा घरजग्गा किनबेच भएको छ। जुन असोज महिनामा सबैभन्दा बढी ४७ हजार ४ सय ९८ वटा किनबेच भएको थियो। 

विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २ सय ६३ वटा घरजग्गा किनबेच भएको थियो। त्यसैगरी भदौमा ३५ हजार ६ सय ८६ वटा, असोजमा ४७ हजार ३ सय ९८ वटा घरजग्गा किनबेच भएको थियो। साथै, कात्तिक महिनामा दसैं तिहारको माहोलले सरकारी कार्यालयहरु बन्द हुँदा २६ हजार मात्रै घरजग्गा किनबेच भएको थियो। मंसिर महिनामा ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएको थियो।

मंसिरको तुलनामा पुस महिनामा साढे ३ हजार बढी घरजग्गा किनबेच भएको छ। पुस महिनामा ४५ हजार २ सय ७७ वटा घरजग्गा किनबेच भएको छ। जुन मंसिरको तुलनामा ३ हजार ४२६ बढी हो। पुस महिनामा ४५ हजार घरजग्गा किनबेच हुँदा ३५ हजार ४ सय ३५ वटा रोक्का र २५ हजार ७ सय ४९ वटा फुकुवा भएका छन्।

सेयर बजारमा बढ्दै कर्जा

राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्षको पाँच महिनामा बैंकहरुले सेयर धितो कर्जा ४ अर्ब ८२ करोड रुपैयाँ प्रवाह भएका छन्।

गतवर्षको तुलनमा यो ८ प्रतिशतले बढी हो। १ करोडभन्दा माथिको कर्जा ३ अर्ब ४३ करोड र २५ लाखदेखि ५० लाखसम्म १ अर्ब ५० करोड रुपैयाँ प्रवाह भएको छ।

पछिल्लो समय घट्दो ब्याजदरले माघपछि सेयर धितोकर्जा बढ्ने अनुमान गरिएको छ। जसले सेयर बजारमा थप उत्साह आउने अनुमान गरिएको छ। 

सेयर बजार पछिल्लो समय लगातार वृद्धिउन्मुख देखिएको छ। अर्थतन्त्रका केही आधारभूत सूचक र नियामक निकायहरु सकारात्मक बन्न थालेसँगै यसको प्रभाव सेयर बजारमा देखिएको हो। 

बैंकहरुमा निक्षेप थुप्रिएपछि माघ महिनाका लागि पनि १ प्रतिशतले ब्याजदर घटाएका छन्। यता फागुन र चैतसम्म लगातार ब्याजदर घट्ने देखिन्छ। सेयर कर्जामा समेत लगानी बढाएका छन्। यो साता आइतबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार झनै उच्च वृद्धि देखिएको छ। 

मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको छ। बजारमा ८ अर्ब २ करोड रुपैयाँको कारोबार हुँदा २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घट्दा २ कम्पनीको स्थिर बसेको छ। एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

लगातारको वृद्धिले सेयर बजार बढ्दो ट्रेण्डमा गएको विश्लेषण हुन थालेको छ। २०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको सेयर बजार पछिल्लो समय दुई हजारको बिन्दुमा घुमेको थियो। पुनः बढ्न थालेपछि अब २४ सय बिन्दुसम्म जाने र केही करेक्सन आएर पुनः वृद्धितर्फ जाने बजारको ट्रेण्डले देखाएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जा प्रवाह नबढेपछि अधिकांश बैंक वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएर कष्ट अफ फण्ड सस्तो बनाउने प्रयत्न गरिरेहका छन्। केही वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरसँगै प्रिमियम दर पनि घटाइरहेका छन्।

पुस महिनामा बैंकहरुको औसत आधार दर ९.७४ प्रतिशत कायम भएको छ। माघमा घटेको ब्याजदरका कारण फागुनमा कर्जाको ब्याजदर थप बढ्ने देखिएको छ।

images

प्रकाशित : बुधबार, माघ ३ २०८००७:४६

प्रतिक्रिया दिनुहोस