शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

‘थोरै बजेटका धेरै योजना : अपेक्षाकृत नतिजा देखिनै गाह्रो’

images
मंगलबार, माघ २ २०८०
images
images
‘थोरै बजेटका धेरै योजना : अपेक्षाकृत नतिजा देखिनै गाह्रो’

कार्यालयमा विनियोजन भएकामध्ये करिब ८२ वटा योजना १० लाख रूपैयाँको रहेको छ। त्यस्तै ३९ वटा योजना मात्र १० लाख रूपैयाँभन्दा बढीको छ।

images
images

गोरखा- जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामार्फत सञ्चालित थोरै बजेटका धेरै योजना विनियोजन हुँदा अपेक्षाकृत नतिजा देखिने गरी काम हुन सकेको छैन। कार्यालयबाट सञ्चालित योजना धेरैजसो टुक्रे भएकाले देखिने काम हुन नसकेको कार्यालय प्रमुख मिलन पौडेलले बताए।

images
images
images

कार्यालयमार्फत चालु आर्थिक वर्ष ०८०/८१ मा मात्र करिब एक सय ५५ वटा योजना विनियोजन भएकामा अधिकांश योजना साना र टुक्रे योजना रहेको उनको भनाइ छ। चालु आर्थिक वर्षमा कार्यालयमा विनियोजन भएकामध्ये ३४ योजना १० लाख रूपैयाँभन्दा कम बजेटका रहेका छन्।

images

'जनप्रतिनिधिले जनताको माग सम्बोधन गर्नका लागि थोरै बजेटको भए पनि योजना छुट्याउनै पर्ने बाध्यता पनि छ', प्रमुख पौडेलले भने, 'थोरै लागतमा काम त बजेटअनुसार नै सम्पन्न हुन्छ तर सोचेजस्तो नतिजा देखिने अवस्था भने हुँदैन।'

images
images
images

कार्यालयमा विनियोजन भएकामध्ये करिब ८२ वटा योजना १० लाख रूपैयाँको रहेको छ। त्यस्तै ३९ वटा योजना मात्र १० लाख रूपैयाँभन्दा बढीको रहेको प्रमुख पौडेलको भनाइ छ।

'विनियोजित बजेट र कार्यक्रम हेर्दा अहिले कार्यालयमा अहिले रहेको दरबन्दी पूर्ण हुँदा समेत कर्मचारी अपुग हुने अवस्था छ', उनले भने, 'योजना धेरै तर बजेट थोरै हुँदा जनशक्ति धेरै चाहिने र अपेक्षाअनुसार काम देखिन सकिरहेको छैन।'

बजेट अनुसारको कार्यान्वयन र गुणस्तर कायम गरेर काम गरे पनि थोरै बजेटमा गरिने कामले जनतालाई सन्तुष्ट बनाउन पनि नसक्ने र काम भएको पनि नदेखिने गरेको प्रमुख पौडेलको भनाइ छ।

'थोरै बजेट भएपनि कार्यालयको जनशक्ति पुग्नै पर्ने तथा अनुगमन गर्नेपर्ने हुन्छ,' उनले भने, 'तर बजेट थोरै भएका योजना धेरै हुँदा जनशक्तिको खर्च उत्तिनै भएपनि जनशक्ति खर्च भए अनुसारको काम देखिने गरेको छैन।'

योजनाको सङ्ख्या हेर्दा कार्यालयमा अहिले भएको दरबन्दीले समेत नपुग्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताए। 'कतिपय बजेटले ५० मिटर बनाउनुपर्ने ठाउँमा १० मिटर मात्र बन्ने गरी बजेट विनियोजन भएको हुन्छ,' उनले भने, 'यसरी काम गर्दा जनशक्तिको अनुगमन, योजना निर्माण लगायतको खर्च उत्ति नै हुन्छ तर नतिजा राम्रो देखिँदैन।'

कनिका छरे जसरी बजेट छरेर नजिता नदिने बताए। 'एउटै योजनाका लागि पाँच/सातपटक जानुपर्ने अवस्था पनि हुनसक्छ,' उनले भने, 'तर थोरै कर्मचारी पर्याप्त नहुँदा दुई/तीनपटक मात्र प्राविधिक फिल्डमा पठाउनुपर्ने बाध्यता हुन्छ।' रासस


प्रकाशित : मंगलबार, माघ २ २०८०१७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend