आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

बुटवल पावर कम्पनीको सेयरमा किन लाग्यो सकारात्मक सर्किट?

images
मंगलबार, माघ २ २०८०
images
बुटवल पावर कम्पनीको सेयरमा किन लाग्यो सकारात्मक सर्किट?

मंगलबार कम्पनीको ८८ हजार ५ सय ३५ कित्ता सेयर किनबेच हुँदा ८ करोड ६८ रुपैयाँको कारोबार भएको छ।

images
images

काठमाडौं- बुटवल पावर कम्पनीले फेरि एफपीओ जारी गर्ने र लगानी विस्तार गर्ने योजना सार्वजनिक भएसँगै सेयर बजारमा सकारात्मक सर्किट लागेको छ।

images
images
images

मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँ बढेर ३४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको हालै सम्पन्न साधारणसभाले १ करोड कित्ता एफपीओ सेयर पुनः निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

images
images

मंगलबार १० प्रतिशत सेयर मूल्य बढेको कम्पनीको सबैभन्दा धेरै मूल्य बढ्ने सूचीको पहिलो स्थानमा बुटल पावर कम्पनी रहेको छ। कम्पनीको ८८ हजार ५ सय ३५ कित्ता सेयर किनबेच भएको छ। ८ करोड ६८ रुपैयाँ मूल्यको कारोबार भएको छ।

images
images

कम्पनीको पछिल्लो ५२ हप्तामा प्रतिकित्ता ३६५ रुपैयाँसम्म पुगेको थियो भने घटेर २९२ रुपैयाँमा आएको थियो। यो वृद्धिसँगै पुनः कम्पनीको सेयर मूल्य उच्च हुने अनुमानले लगानीकर्ता खरिदमा झुम्मिएका छन्। 

प्रचलित ऐन नियम बमोजिम प्रिमियम मूल्य थप गर्दै थप सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनाका लागि हालको जारी पूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० लाई बढाएर ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय पुर्‍याउने प्रस्ताव साधारणसभाले पारित गरेको हो। प्रिमियम मूल्य भने पछि सञ्चालक समितिले निर्णय गर्नेछ।

बुटवल पावरले यसअघि पनि महँगो मूल्यमा एफपीओ जारी गरेको थियो। १५ माघ २०७४ मा कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो। 

भारतीय कम्पनीसँग मिलेर ३ खर्बभन्दा बढी लगानीमार्फत हजारौँ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ। गत असारमा बुटवल पावर कम्पनीले चिनियाँ कम्पनीसँग मिलेर तीन खर्ब ररुपैयाँ लगानीमा कम्तीमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता गरेको थियो। पछि भारतीय कम्पनीसँग नजिक हुन पुगेको छ।

चिनियाँसँग मिलेर बनाउँदा बिजुली बिक्रीको बजार नै नपाउने देखिएपछि बुटवल पावरले चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट टाढा भएर भारतीय कम्पनीसँग मिलेर अगाडि बढ्ने गरी काम अगाडि बढाएको छ। 


प्रकाशित : मंगलबार, माघ २ २०८०१६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend