काठमाडौं- सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुन बिहीबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको शुक्रबारको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार रुपैयाँ थियो।
त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भएको थियो।