आइतबार, जेठ ६ गते २०८१    
images
images

पुस मसान्तमा एनसीएचएल सिस्टमबाट ८४ अर्बभन्दा बढीको कारोबार

images
मंगलबार, माघ २ २०८०
images
images
पुस मसान्तमा एनसीएचएल सिस्टमबाट ८४ अर्बभन्दा बढीको कारोबार

कनेक्ट आईपीएस, कर्पोरेट पेसहितका डिजिटल च्यानलबाट एकैदिन १.६ अर्ब बढीको राजस्व संकलन भएको एनसीएचएलले जनाएको छ।

images
images

काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरुमार्फत पुस मसान्तको अन्तिम दिनमा ८४ अर्ब भन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट गरेको छ।

images
images
images

कम्पनीका अनुसार गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशतले वृद्धि भएको हो।

images

एनसीएचएलका प्रणालीहरुमध्ये एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस र आरपीएसमार्फत क्रमश: ४१ अर्ब रूपैयाँ, १४ अर्ब रूपैयाँ र २९ अर्ब रूपैयाँ बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फर्छ्यौट भएको हो।  

images
images

विद्युतीय भुक्तानीको स्वीकार्यतासँगै आरपीएसअन्तर्गत कनेक्ट आईपीएस (वेब, एप तथा गेटवे), बैंक शाखाहरु, मोबाइल बैंकिङ, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरुमार्फत रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको कम्पनीले जनाएको छ। एनसीएचएलका अनुसार पुस मसान्तको अन्तिम दिनमा एनसीएचएल-आईपीएस र आरपीएसमार्फत १.६ अर्ब रूपैयाँ बराबरको राजस्व संकलन तथा ६.८ अर्ब रूपैयाँ बराबरको सरकारी खर्चसम्बन्धी १ लाख २५ हजार भन्दा बढी भुक्तानी कारोबारहरु भएका छन्।

images
images

सरकारी भुक्तानीसम्बन्धी कारोबारहरु कनेक्ट आईपीएस, कर्पोरेट पे, नेपाल पे क्यूआर गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ तथा वालेटमार्फत गर्न सकिने व्यवस्था रहेको छ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नीतिगत पहलहरुले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ। एनसीएचएलका भुक्तानी प्रणालीहरुमा डाइरेक्ट सदस्यका रुपमा ५३ बैंक/वित्तीय संस्थाहरु तथा इन्डाइरेक्ट/टेक्निकल सदस्यका रुपमा १०० भन्दा बढी गैर-बैंकिङ संस्थाहरु आबद्ध भइ प्रयोग गर्दै आएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सदस्य बैंक/वित्तीय संस्थाले आफ्ना ७ हजारभन्दा बढी शाखाहरु तथा मोबाइल बैंकिङ प्लेट्फर्ममार्फत आफ्ना दुई करोडभन्दा बढी ग्राहकहरुलाई यी सेवाहरु प्रदान गर्दै आएका छन्। 


प्रकाशित : मंगलबार, माघ २ २०८००२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend