शनिबार, जेठ ५ गते २०८१    
images
images

इन्धनको मूल्य घट्यो

images
सोमबार, माघ १ २०८०
images
images
इन्धनको मूल्य घट्यो
images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले सोमबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

images
images
images

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँ मूल्य घटाएको हो।

images

निगमको उक्त निर्णयसँगै अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रतिलिटर १६६ रुपैयाँ कायम भएको छ।

images
images

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रतिलिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ।

images
images

भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमको भनाइ छ।

आईओसीले पेट्रोलको मूल्यमा प्रतिलिटर १.२६ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँले घटाएर नयाँ मूल्य सूची पठाएको थियो।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।


प्रकाशित : सोमबार, माघ १ २०८००८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend