शनिबार, जेठ ५ गते २०८१    
images
images

२०२० यता विश्वका पाँच धनाढ्यको सम्पत्ति १ सय १४ प्रतिशतले बढ्यो

images
सोमबार, माघ १ २०८०
images
images
२०२० यता विश्वका पाँच धनाढ्यको सम्पत्ति १ सय १४ प्रतिशतले बढ्यो

२०२३ को नोभेम्बर अन्त्यमा मस्कको कुल सम्पत्ति २ सय ४५.५ अर्ब डलर पुगेको छ। यो २०२० को मार्चको तुलनामा ७ सय ३७ प्रतिशत धेरै हो।

images
images

काठमाडौं- ब्रह्माण्डकै पाँच धनी व्यक्तिहरु पछिल्लो ४ वर्षमा झनै धनी भएका छन्। २०२० यता अर्बपतिहरुको कुल सम्पत्ति १ सय १४ प्रतितशले बढेर ८ सय ६९ अर्ब अमेरिकी डलर पुगेको छ।

images
images
images

यही अनुपातमा अर्बपतिहरुको सम्पत्ति बढ्दै जाने हो भने यही दशकमा खर्बपति अर्थात् ट्रिलेनियर जन्मने सम्भावना रहेको छ। ट्रिलेनियर भनेको एकै व्यक्ति १० खर्ब डलर सम्पत्ति हुनेछ।

images

अर्बपतिहरुको सम्पत्ति दोबर हुँदा विश्वभर ५ अर्ब मानिसहरु गरिब नै रहेको अक्सफार्मको वार्षिक असमानता प्रतिवेदनमा उल्लेख छ। युद्ध तथा जलवायु परिवर्तनको प्रभावका कारण विश्वमा मानिसहरु गरिब हुँदै गइरहेका छन्। तर धनाढ्यहरुको सम्पत्ति भने बढी नै रहेको छ। 

images
images

अहिलेकै वृद्धिदर हेर्ने हो भने विश्वबाट गरिबी उन्मुलन हुन करिब २ सय ३० वर्ष लाग्ने अक्सफार्मले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। अक्सफार्मको प्रतिवेदन फोर्ब्सको तथ्यांकमा आधारित रहेर बनाइएको हो। उक्त प्रतिवेदन स्वीजरल्यान्डको डाभोसमा हुने वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा प्रस्तुत हुनेछ। 

images
images

विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्क हुन्। विद्युतीय कार निर्माता कम्पनी टेस्ला र स्पेस एक्सका मानिल मस्क केही वर्षयता विश्वको धनी व्यक्तिको शीर्ष स्थानमा छन्। 

२०२३ को नोभेम्बर अन्त्यमा मस्कको कुल सम्पत्ति २ सय ४५.५ अर्ब डलर पुगेको छ। यो २०२० को मार्चको तुलनामा ७ सय ३७ प्रतिशत धेरै हो। 

त्यस्तै विश्वको दोस्रो धनी व्यक्ति बर्नार्ड अनल्र्ट र उनको परिवारको कुल सम्पत्ति १ सय ९१.३ अर्ब डलर रहेको छ। यो २०२० को मार्चको तुलनामा १ सय ११ प्रतिशतले धेरै हो। 

यसैगरि अमेजोनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति १ सय ६७.४ अर्ब डलर रहेको छ। उनको सम्पत्ति २०२० मार्चको तुलनामा १ सय ७ प्रतिशतले बढेको हो। 

ब्रेकसायरका सीईओ वारेन बफेट विश्वको चौथो धेरै सम्पत्तिवाल हुन्। उनको कुल सम्पत्ति १ सय १९.२ अर्ब डलर रहेको छ। २०२० को मार्चको तुलनामा उनको सम्पत्ति ४८ प्रतिशतले बढेको हो। 

समग्रमा अर्बपतिहरुको सम्पत्ति २०२० को मार्चको तुलनामा ३४ प्रतिशत अर्थात ३३ खर्ब डलरले बढेको हो। उनीहरुको सम्पत्ति मूल्य वृद्धिको तुलनामा तीन गुणा बढीले बढेको अक्सफार्मले उल्लेख गरेको छ। 


प्रकाशित : सोमबार, माघ १ २०८००५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend