शनिबार, जेठ ५ गते २०८१    
images
images

‘गोला ढुंगा र काँचो माटोबाट घर बनाउन प्रोत्साहन नगरौँ’

images
सोमबार, माघ १ २०८०
images
images
‘गोला ढुंगा र काँचो माटोबाट घर बनाउन प्रोत्साहन नगरौँ’

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कर्णाली प्रदेशमा यस्ता काँचो माटो र डल्लो ढुंगाबाट बनेका घरहरु करिब ८० प्रतिशत रहेको जानकारी गराउँदै अब गोला ढुंगाबाट घर नबनाउन अनुरोध गरे।

images
images

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुंगा र काँचो माटोबाट बनेका घर निर्माण गर्न प्रोत्साहन नगर्न अनुरोध गरेको छ। गोला ढुंगा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति जोखिममा रहने भएकाले यस्ता घर निर्माणमा कसैलाई पनि प्रोत्साहन नगर्न अनुरोध गरेको हो।

images
images
images

जाजरकोट भूकम्पमा परेर क्षति भएका घरहरु यस्तै ढुंगा र काँचो माटोबाट बनेका धेरै रहेको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसतर्फ सर्वसाधारण पनि आफै सचेत हुनुपर्नेमा जोड दिए। उनले सरोकारवाला निकाय तथा स्थानीय तहले यस्ता घर निर्माणमा प्रोत्साहन गर्न नहुने बताए।

images

पोखरेलले कर्णाली प्रदेशमा यस्ता काँचो माटो र डल्लो ढुंगाबाट बनेका घरहरु करिब ८० प्रतिशत रहेको जानकारी गराउँदै अब गोला ढुंगाबाट घर नबनाउन अनुरोध गरे।

images
images

'स्थानीय स्रोत साधनबाट पनि राम्रा र बलिया घरहरु बन्छन्। भूकम्प प्रतिरोधी घर निर्माणका लागि आवश्यक ज्ञान सीप दिन जरुरी छ', उनले भने, 'घर कसरी बलियो र भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञानको अभाव देखिएको छ। जसले चुनौती खडा गरिरहेको छ, अब पालिकालाई त्यो सीप र ज्ञान प्रदान गरेर नागरिकसम्म पुर्‍याउनुपर्छ।'

images
images

प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्राधिकरणले अब गोला ढुंगाबाट घर बनाउने चलनलाई अन्त्यका लागि योजना बनाएर अघि बढ्ने बताए। उनले विपद् व्यवस्थापनको प्रमुख जिम्मा स्थानीय तहको बढी हुने भएकाले पालिकाले यस विषयमा बढी ध्यान दिनुपर्नेमा जोड दिए।

तीनै तहका सरकारसँगको समन्वयमा मात्रै विपद् व्यवस्थापनका काम प्रभावकारी गर्न सकिने प्राधिकरणको भनाइ छ।

'जाजरकोट बारेकोटमा हेर्दा खानीका ढुंगा प्रयोग भएको पाइएको छ। जहाँ खानीका ढुंगा प्रयोग भएका छन्, त्यहाँ क्षति कम भएको देनिन्छ। जहाँ गोला ढुंगा प्रयोग भएका छन् त्यहाँ क्षति बढी भएको छ', पोखरेलले भने। भूकम्प प्रतिरोधी घर निर्माणमा सर्वसाधारणलाई प्रोत्साहन गर्न प्रधिकरणले योजना बनाइरहेको उनले जानकारी दिए।

प्राधिकरणले गोला ढुंगालाई काट्ने फलामको आरोको बन्दोबस्त गर्ने जनाउँदै पोखरेलले सहरी विकास मन्त्रालय तथा प्राधिकरणले पुनःनिर्माणमा उक्त आरोको प्रयोग गरी निर्माण सामग्री तयार गर्ने गर्ने योजना बनाइरहेको बताए।

'इन्टरलकिङ्का इँट्टका घरहरु २०७२ को भूकम्पमा प्रयोग गरिएको थियो। अहिले ती घर सुरक्षित छन्। गोला ढुंगाका घर भने भूकम्पीय जोखिममा छन्', उनले भने, 'त्यसैले यस्ता घर निर्माण नगर्न प्राधिकरणले सबैमा अनुरोध गरेको छ।' रासस


प्रकाशित : सोमबार, माघ १ २०८०१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend