शनिबार, जेठ ५ गते २०८१    
images
images

कामपाको १४औँ नगरसभामा नौ करोड बजेट संशोधन प्रस्ताव

images
आइतबार, पुस २९ २०८०
images
images
कामपाको १४औँ नगरसभामा नौ करोड बजेट संशोधन प्रस्ताव

चालु आवमा आन्तरिक राजस्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रूपैयाँ छ। यसमध्ये पुस २६ गतेसम्ममा चार अर्ब ७६ करोड ३३ लाख १२ हजार ६ सय २४ रूपैयाँ संकलन भएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रूपैयाँको बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन ) का अध्यक्षतामा आज भएको बैठकमा उक्त रकम बराबरको संशोधन प्रस्ताव उपप्रमुख सुनिता डंगोललेले पेस गरेकी हुन्।

images
images
images

कामपाको १३औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा छ। चालु आवमा कामपाको सञ्चित कोषमा आय तथा खर्चका लागि २४ अर्ब चार करोड ५४ लाख एक हजार रूपैयाँ विनियोजन गरिएको थियो।

images

विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको, केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले संशोधन प्रस्ताव गर्नु परेको उपप्रमुख डंगोललेको भनाइ छ। यसमध्ये यही पुस २६ गतेसम्ममा चार अर्ब २७ करोड ४१ लाख ५० हजार रूपैयाँ खर्च भएको छ बताइएको छ।

images
images

सभामा चालु आवमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख डंगोललेले भनिन्, 'अहिलेसम्म विनियोजन गरिएको रकमको १७.७८ प्रतिशत खर्च भएको छ जसमध्ये पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत र सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको छ।'

images
images

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको छ। 'कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.४७ प्रतिशत खर्च भएको छ,' उनले भनिन्, 'विकास निर्माण कार्यको भौतिक प्रगति बढी भए पनि कतिपय खर्च भुक्तानी प्रक्रियामा भएर लेखांकन भइनसकेका कारण वित्तीय प्रगति कम देखिएको छ।' 

चालु आवमा वर्षमा राजस्व आम्दानीतर्फ १० अर्ब ८० करोड ७८ लाख २० हजार रूपैयाँ लक्ष्य निर्धारण गरिएको थियो। त्यसमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रूपैयाँ छ। यसमध्ये पुस २६ गतेसम्ममा चार अर्ब ७६ करोड ३३ लाख १२ हजार ६ सय २४ रूपैयाँ संकलन भएको छ।

कामपा प्रवक्ता नवीन मानन्धरले सूचना तथा सञ्चार ऐन २०८० को पहिलो संशोधन, राजस्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को पहिलो संशोधन विधेयक पेस गरेका छन्। यी विधेयक र संशोधन बजेट तथा कार्यक्रमसम्बन्धी माघ ३ गते बस्ने अधिवेशनको दोस्रो बैठकमा छलफल हुनेछ। रासस


प्रकाशित : आइतबार, पुस २९ २०८००६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend