शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

लगानीकर्ताको नजरमा सेयर बजार बढ्ने आधारहरू

images
शुक्रबार, मंसिर १७ २०७८
images
images
लगानीकर्ताको नजरमा सेयर बजार बढ्ने आधारहरू
images
images

काठमाडौं- सेयर बजार लगातार तल झरिरहँदा पनि विश्लेषकहरू आउने सातादेखि सेयर बजारमा सुधार देखिने विश्लेषण गरिरहेका छन्। विगत दुई सातामा सेयर बजार गिरावटका जुन जुन आधारहरू थिए ती सबै कमजोर हुँदै गएकोले आगामी सातामा बजार सुधार हुने उनीहरूको राय छ। 

images
images
images

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा रहेको सेयर धितोकर्जाको ४/१२ करोड रुपैयाँको सीमालाई राष्ट्र बैंकले फेरबदल गर्ने लगानीकर्ताको आश अब बाँकी छैन। उनीहरू उक्त सीमा फेरबदल नहुनेमा ढुक्क भइसकेका छन्। 

अघिल्ला सातामा राष्ट्र बैंकले यस विषयलाई परिमार्जन गर्ने हल्लामा पनि बजार स्थिर जस्तो भइरहेको थियो। तर सेयर धितोका सीमा परिवर्तन नहुँदा गएको कारोबार साता सेयर बजार ओरालोमा देखियो। अब त्यसको प्रभाव लगभग ९० प्रतिशत सकिएको विश्लेषकहरू बताउँछन्। 

images

नेपाल राष्ट्र बैंकले बैंकिङ तरलता अभावको अवस्थालाई विस्तारै सहज बनाउने नीति लिने देखिन्छ। यसलाई बजार सुधार हुने अर्को आधारका रुपमा लिन सकिन्छ। तरलता अभावको समस्यालाई लिएर नेपाल राष्ट्र बैंकको चौतर्फी विरोध भइरहेको छ। यस अवधिमा नेपाल राष्ट्र बैंकले केही न केही उपाय निकाल्ने र यसको सकारात्मक प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्।   

images

बजार सुधार हुने तेस्रो कारण, नेपाल राष्ट्र बैंकले कि त सीसीडी रेसियोलाई कार्यान्वयन गर्नुपर्छ होइन भने सीडी रेसियो ९० प्रतिशतबाट ९५ प्रतिशत पुर्‍याउनुपर्ने तर्कमा बैंकरहरू छन्। अहिलेको कठीन अवस्थालाई राहत दिनका लागि भए पनि राष्ट्र बैंकले सीडी रेसियोलाई ९० बाट ९५ प्रतिशत पुर्‍याइदिनुपर्ने माग भइरहेको छ।

यदि नेपाल राष्ट्र बैंकले यसमा थोरै मात्रै लचकता अपाउने हो भने पनि बजार सुधारका लागि केही मद्दत हुन्छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा यसलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको देखिन्छ। 

यदि बजार थोरै मात्रै सकारात्मक देखियो भने अहिलेको लाभांशको समयले बजारलाई सहयोग गर्ने देखिन्छ। समग्रमा बजार नै अप्ठ्यारोमा भएकाले लाभांशको प्रभाव सेयर बजारमा देखिँदैन। बजार सुधारको अर्को आधार अधिकांश कम्पनीको सेयर मूल्य १८० दिनको औषत मूल्यभन्दा तल झरिसकेको छ। बजार अझै पनि बढ्छ भन्ने मनोविज्ञान हाबी भएको अहिलेको समयमा लगानीकर्ताका लागि अवसर पनि हो । 

नेपाल राष्ट्र बैंकले एनआरएनहरूका लागि निक्षेपमा आकर्षण गर्दै गर्दा उनीहरूको ध्यान सेयर बजारतर्फ पनि केन्द्रित हुन सक्छ। यदि एनआरएनहरूले सेयर बजारमा लगानी बढाएको खण्डमा बजारले अर्को नयाँ बिन्दु बनाउन सक्ने विश्लेषकहरू बताउँछन्। 

पछिल्लो समय जलविद्युत कम्पनीका संस्थापक लगानीकर्ताहरूले सेयर बिक्री गरेर पैसा कुम्ल्याउँदै गर्दा दोस्रो बजारको तरलता घटेको छ। यो सँगसँगै दोस्रो बजारमा सक्रीय लगानीकर्ताको संख्या पनि पहिलाको भन्दा बढेको छ। जसले बजारलाई धेरै तल झार्नबाट बचाउन सक्छ। 

सेयर बजारलाई सबैभन्दा धेरै प्रभाव पार्ने बैंकिर तरलता र ब्याजदरका विषयमा नेपाल राष्ट्र बैंक संवेदनशील नै देखिन्छ। बैंकहरूले मनलाग्दी बढाउने ब्याजदरलाई पनि राष्ट्र बैंकले अंकुश लगाएको हुँदा यसको त्यति धेरै ठूलो प्रभाव पर्ने देखिँदैन। 

नेपाल धितोपत्र बोर्ड र नेप्सेले नयाँ कार्यकारी पाउन बाँकी छ। यदि सेयर बजारलाई साथ दिने व्यक्ति आएको खण्डमा बजार पुनः एक पटक सुधार हुने अवस्था बाँकी नै छ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय पनि चर्चामा छ। यदि यस्तो भयो भने केही समय विद्यमान ब्रोकरले बजार घटाए पनि दीर्घकालीन रुपमा भने यसले सेयर बजारलाई नै राम्रो प्रभाव पार्ने देखिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स वा ब्रोकरको संख्या बढाउने हो भने दोस्रो बजारको पहुँचमा उल्लेख्य वृद्धि हुनेछ। 

अहिले राजनीतिक दलहरू महाधिवेशनमा व्यस्त छन्। महाधिवेशनपछि अहिलेकै सरकारले एकै पटक तीनै तहको चुनाव गर्ने चर्चा चलिरहेको छ। यदि सरकार चुनावी तयारीमा जुट्यो भने अन्तत: सेयर बजारले अर्को नयाँ बिन्दु समाउनेमा दुई मत छैन।


प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८०१:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend