शनिबार, जेठ ५ गते २०८१    
images
images

एउटा जिल्ला सदरमुकामको भौतिक संरचना निर्माणमा २ अर्ब ६८ करोड खर्च गर्दै सरकार

images
सोमबार, माघ १ २०८०
images
images
एउटा जिल्ला सदरमुकामको भौतिक संरचना निर्माणमा २ अर्ब ६८ करोड खर्च गर्दै सरकार

आयोजनाअन्तर्गत १० हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम एक र एक फुटबल स्टेडियमसँगै ४५ वटा भवन निर्माण हुनेछ।

images
images

काठमाडौं- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जिल्ला सदरमुकामको गुरुयोजनाअनुसार भौतिक संरचना निर्माणका लागि २ अर्ब ६८ करोड २८ लाख २७ हजार २ सय ४७ रुपैयाँ लागतसहित वातावरणीय प्रवाह मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ।

images
images
images

वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक गरेको हो।

images

जिल्ला सदरमुकामको गुरुयोजनाअनुसार भौतिक पूर्वाधार विकास आयोजनाको प्रस्तावक सहरी विकास तथा भवन निर्माण विभाग रहेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट रिशिकेश-आरडीसी-सखुवा जेभीले तयार पारेको हो।

images
images

सरकारको वित्तीय सहयोगमा सहरी विकास तथा भवन निर्माण विभागले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका संघीय र प्रदेश सरकार मातहतका विभन्न सरकारी कार्यालयहरु, कावासोती नगरपालिकाको कार्यालय एकै ठाउँमा स्थापना गरी सेवा प्रवाह गर्ने हेतुले जिल्ला सदरमुकामको गुरुयोजना अनुसार भौतिक पूर्वाधारहरुको विकास गर्न लागेको रिपोर्टमा उल्लेख छ। 

images
images

आयोजना गण्डकी प्रदेश, नवलपरासी (बर्दघाट-सुस्तापूर्वले) जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा पर्दछ।

प्रस्तावित आयोजना नापी किताब अनुसार नेपाल सरकारको स्वामित्व रहेको नगरपालिकाको वडा नम्बर ३ स्थित कित्ता नं. १ र २ (जम्मा क्षेत्रफलः १८४-७-१८.५ (बिघा) वा १२४.८९ हे.) जमिनमा सञ्चालन हुनेछ।

यस आयोजनाअन्तर्गत ४५ वटा भवन, स्मृति बाटिका, फुटबल स्टेडियम, क्रिकेट स्टेडियम, कर्मचारीको लागि आवास गृह, अतिथि गृह, सभा हल, पुस्तकालय, बैंक, रेस्टुरेन्ट, खेल मैदान, पार्किङ स्थल, वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट आदि निर्माण हुनेछन्।

यस आयोजनामार्फत निर्माण हुने भवनलगायत अन्य संरचनाहरु सम्बन्धित निकायहरुबाट नक्सा पास भएपश्चात मात्रै निर्माण गरिने रिपोर्टमा उल्लेख छ।

आयोजना स्थल पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नम्बर ९ पुरानो कावासोती बजारबाट उत्तरतर्फ ६ सय मिटरको दुरीमा अवस्थित छ। पुरानो कावासोती बजारबाट औसत ७ मिटर चौडाइको कालोपत्रे सडक आयोजना स्थलसम्म पुगेको छ।

आयोजनाभित्र निर्माण हुने प्रशासनिक भवन तथा कर्मचारी क्वाटरहरुको हकमा अधिकतम उचाई १८ मिटरको हुने छ।

आयोजनाअन्तर्गत १० हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम एक र एक फुटबल स्टेडियमसँगै ४५ वटा भवन निर्माण हुनेछ। 


प्रकाशित : सोमबार, माघ १ २०८०११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend