शनिबार, जेठ ५ गते २०८१    
images
images

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

images
आइतबार, पुस २९ २०८०
images
images
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी भएपछि विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्।

images
images
images

निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्करलगायसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई तिर्नुपर्ने रकम तत्काल भुक्तानीका निम्ति प्रक्रिया थाल्न निर्देशन दिएका हुन्। 

images

प्रधानमन्त्रीले गत आर्थिक वर्षको एक अर्ब ७१ करोड रूपैयाँ र चालु आवको अहिलेसम्मको दायित्व छ अर्ब ३० रूपैयाँ तत्काल निकासा दिन अर्थमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

images
images

छलफलमा  भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल पनि उपस्थित थिए। निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी भएपछि विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ। रासस

images
images


प्रकाशित : आइतबार, पुस २९ २०८००४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend