शनिबार, जेठ ५ गते २०८१    
images
images

नवलपरासी पूर्वमा यसवर्ष फल्यो आठ करोड बढीको सुन्तला

images
आइतबार, पुस २९ २०८०
images
images
नवलपरासी पूर्वमा यसवर्ष फल्यो आठ करोड बढीको सुन्तला

पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ।

images
images

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष आठ करोड ७४ लाख ९० हजार रूपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताए।

images
images
images

'यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले आठ करोड ७४ लाख ९० हजार रूपैयाँ आम्दानी गरेका छन्', उनले भने। गत वर्षभन्दा यस वर्ष सात दशमलव ८६ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको सूचना अधिकारी महतोले बताए।

images

गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा एक हजार दुई सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। यसबाट सात करोड ५० लाख रूपैयाँ बराबरको आम्दानी भएको महतोले जानकारी दिए।

images
images

सुन्तलाखेती गरिएको जमिनमध्ये एक सय ३२ हेक्टरमा प्रतिहेक्टर १० हजार मेट्रिकटन उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताए।

images
images

'जिल्लाको बौदिकाली, बुलिङ्टार गाउँपालिका, गैँडाकोट नगरपालिका- १८, हुप्सेकोट वडा नं ५, देवचुली वडा नं ६, मध्यबिन्दु-८ र १५ वडा गरी कुल १७ वडामा सुन्तला जोन कार्यक्रम सञ्चालन गरिएको छ', उनले भने, 'पहिले सामान्यरुपमा सुन्तला लगाउने किसानले सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्न खालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेर यसतर्फ आकर्षण बढ्दै गएको देखिन्छ।'

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७५/७६ देखि नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सञ्चालनमा आएको हो। जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु नभएका केही स्थानमा पनि सुन्तलाखेती हुने गरेको कृषि ज्ञानकेन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए। पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ।

बौदीकाली गाउँपालिका-५ बबकका कृषक गेसबहादुर रानाले यो याममा सुन्तला उत्पादनमा वृद्धि भएको बताए। 'यो क्षेत्रमा अन्य खेतीभन्दा सुन्तला राम्रो उत्पादन हुने गरेको छ, अघिल्ला वर्षमा बजारको समस्या हुने गरेकामा यस वर्ष कतिपय व्यापारी बगैँचामै पुगेर खरिद गरेको हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ', उनले भने।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा उत्पादन भएको सुन्तला स्थानीय कावासोती, दलदले बजारसहित नारायणगढ, काठमाडौंलगायत बजारमा निर्यात हुने गरेको छ। रासस


प्रकाशित : आइतबार, पुस २९ २०८००२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend