शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

ग्लाेबल रेमिटमार्फत रेमिट्यान्स पठाउँदा क्यासब्याक

सोमबार, माघ १ २०८०
ग्लाेबल रेमिटमार्फत रेमिट्यान्स पठाउँदा क्यासब्याक

रेमिट्यान्स कारोबारको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने आइएमई ग्रुपले क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंकको रेमिट्यान्स सेवा ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २ सय ५० रूपैयाँ क्यासब्याक पाइने योजना बैंकले सार्वजनिक गरेको छ। 

'पैसा आउने, थपेर पाउने' नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत ग्लोबल आईएमई बैंकको कुनै पनि खातामा ग्राहकहरुले विदेशबाट पैसा पठाउँदा २ सय ५० रूपैयाँसम्मको क्यासब्याक पाउने भएका छन्। 

बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने ग्राहकहरुले यस क्यासब्याक योजनाअन्तर्गत २५ हजारसम्म रेमिट्यान्स पठाउँदा एक सय रूपैयाँ, ५० हजार रूपैयाँसम्म पैसा पठाउँदा दुई सय रूपैयाँ र ५० हजार रूपैयाँभन्दा बढी पैसा पठाउँदा २ सय ५० रूपैयाँ क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

जनवरी ३१, २०२४ सम्म लागु हुने क्यासब्याक योजनामा ग्लोबल आईएमई बैंकमा नयाँ खाता खोली वा पुरानो निष्क्रिय खाता सेवाग्राहीले पुन: सक्रिय गरी क्यासब्याक सुविधा लिनसक्ने बैंकले जनाएको छ।

रेमिट्यान्स कारोबारको ५० प्रतिशत भन्दा धेरै बजार हिस्सा आईएमई ग्रुपअन्तर्गत आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकको रहेको छ। नेपालमा गत आर्थिक वर्ष करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको थियो।

यस्तै चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रूपैयाँ रेमिट्यान्स आइसकेको छ। जसमध्ये ५० प्रतिशतभन्दा धेरै बजार हिस्सा यस ग्रुप अन्तर्गतका कम्पनीको रहेको कम्पनीको दाबी छ।

७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक भएको बैंकको दाबी छ। 'सबैका लागि बैंक' भन्ने मुल नारासहित स्थापना भएको ग्लोबल आईएमई बैंकले देशमा रहेका नागरिक मात्र नभई विदेशमा रहेका नागरिकहरुको वित्तीय कारोबारकाे पहुँच स्थापित गर्दै आइरहेको छ।

देशभित्र ३ सय ५६ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र देश बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ४६ लाखभन्दा बढीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।


प्रकाशित : सोमबार, माघ १ २०८०११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend