काठमाडौं- एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थितिमा काठमाडौंमा बिहीबार सम्पन्न साधारणसभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कटुवाल निर्वाचित भएका छन्।
यसैगरी सर्वसाधारण सेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् भने एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनित गरी पठाइएको बैंकले जनाएको छ।
निर्वाचित सञ्चालकहरु समेतको सोही दिन बसेको बैठकले मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको छ।
बैंकको २०८० असारसम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रूपैयाँ रहेको छ।
बैंकले हाल देशभरी २०१ शखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।