काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नक्कली ह्वाट्सएप खाता खोलेर नाम र तस्बिरको दुरुपयोग गरेको पाइएको छ।
एनसेलको एउटा नम्बर प्रयोग गरी अधिकारीको नाम र तस्बिरको दुरुपयोग भएको भन्दै राष्ट्र बैंकले सूचना जारी गरी गरेको छ।
वाट्सएपको फेक एकाउन्टको प्रयोग गरी अधिकारीको नाम र फोटोको दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूसँग कुराकानी हुने गरेकोसमेत राष्ट्र बैंकले जनाएको छ।
उक्त नम्बर नै प्रकाशित गरी राष्ट्र बैंकले सजग रहन सबै सरोकारवालहरू र सर्वसाधरणसँग अनुरोध गरेको छ।
'यस बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध छ', राष्ट्र बैंकले भनेको छ।