मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

हिमपातका कारण हुम्लामा हवाई सेवा बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १६ २०७८
images
images
हिमपातका कारण हुम्लामा हवाई सेवा बन्द
images
images

हुम्ला- हिमपातका कारण हुम्लामा हवाई सेवा बन्द भएका छन्। नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी तथा हिमपातले गर्दा बन्द भएका हुन्।

images
images
images

सदरमुकाम सिमकोटमा बिहीबार बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ। हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन्। 

images
images

त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा-सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए। 

images
images
images

हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ। त्यस ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले फोनबाट जानकारी गराए। रासस


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८१४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend