आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

पाँच महिनामा ३ करोड डलर विदेशी लगानी भित्रियो

images
आइतबार, पुस २९ २०८०
images
पाँच महिनामा ३ करोड डलर विदेशी लगानी भित्रियो

पछिल्लो समय भारतबाट जलविद्युत उत्पादनमा बाहेक खासै विदेशी आएको छैन।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामा करिब ३ करोड अमेरिकी डलर विदेशी लगानी भित्रिएको छ। पछिल्लो तीन वर्षदेखि विदेशी लगानीमा निरन्तर संकुचन आइरहेको अवस्थामा यो वर्ष पनि उल्लेखनीय सुधार देखिएको छैन। 

images
images
images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा जम्मा २ करोड ९७ लाख अमेरिकी डलर प्रत्यक्ष विदेशी लगानीका रुपमा भित्रिएको छ। 

images
images

गत वर्षको तुलनामा भने यो धेरै हो। गत वर्षको यही अवधिमा १ करोड ८७ लाख डलर लगानी भित्रिएको थियो। यद्यपि पाँच महिनामा भित्रिएको यो लगानीको रकम भने ज्यादै न्यून हो। 

images
images

विश्वव्यापी प्रत्यक्ष विदेशी लगानीमा आइरहेको गिरावट तथा नेपालकै अवस्थामा पनि सुधार नहुँदा लगानी प्रभावित भएको हो। 

लगानीको वातावरण बनाउनका लागि आवश्यक सुधार कहिलै नहुँदा विदेशी लगानीको ढोका अझै खुलेको छैन। जोखिमको तुलनामा लाभको ग्यारेन्टी नभएको, भ्रष्टाचार अत्याधिक भएका कारणले गर्दा विदेशी लगानीको वातावरण बन्न नसकेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले औँल्याउँदै आएका छन्। 

अनियमित बाटोबाट काम गर्नेहरूले अधिक अवसर तथा लाभ पाउने अवस्था हुँदासम्म भ्रष्टाचारमा सख्त कानूनी व्यवस्था भएका मुलुकबाट लगानी आउने सम्भावना नभएको त्यस्ता संस्थाले औल्याउँदै आएका छन्। 

पछिल्लो समय भारतबाट जलविद्युत उत्पादनमा बाहेक खासै विदेशी लगानी आएको छैन। 


प्रकाशित : आइतबार, पुस २९ २०८००९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend