बिहीबार , जेठ ३ गते २०८१    
images
images

माघमा निक्षेपको ब्याजदर घटाउन बैंकहरूबीच प्रतिस्पर्धा, कर्जाको ब्याजदर थप घट्ने

images
आइतबार, पुस २९ २०८०
images
images
माघमा निक्षेपको ब्याजदर घटाउन बैंकहरूबीच प्रतिस्पर्धा, कर्जाको ब्याजदर थप घट्ने
images
images

काठमाडौं- माघ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जा प्रवाह नबढेपछि असोजयता बैंकहरूले निरन्तररुपमा ब्याजदर घटाइरहेका छन्। प्रणालीमा करिब ६ खर्बको हाराहारीमा तरलता भएपनि कर्जाको ब्याजदर नघटेपछि बैंकहरूले निरन्तररुपमा निक्षेपको ब्याजदर घटाइरहेका छन्। 

images
images
images

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक समीक्षा नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेपछि बैंकहरू ब्याजदर अझै घटाउनु पर्ने मनोवैज्ञानिक दबाबमा छन्। मौद्रिक समीक्षा पश्चात केही वाणिज्य बैंकहरूले मंसिर महिनामै २ पटकसम्म ब्याजदर घटाएका थिए। एनआईसी एसिया, कुमारी, एनएमबि, माछापुच्छ्रेलगायतका बैंकहरूले मंसिरमा २ पटकसम्म निक्षेपको ब्याजदर घटाएका थिए। 

images

जसले गर्दा पुस महिनामा अधिकांश वाणिज्य बैंकको आधारदर घटेको थियो। पुस वाणिज्य बैंकहरूको औषत आधारदर ९.७४ प्रतिशतमा आइसकेको छ। कुमारी, एनआईसी एसियालगायतका बैंकहरूको आधारदरका साथै प्रिमियम दर पनि घटाएका छन्।

images
images

यी बैंकहरूले प्रिमियम दर घटाएर कर्जाको ब्याजदर सस्तो बनाइरहेका छन्। राष्ट्र बैंकले सेयर कर्जा र रियल स्टेट कर्जाको जोखिमभार घटाएसँगै बैंकिङ प्रणालीबाट कर्जा प्रवाह पनि बढ्न थालेको छ।

images
images

मौद्रिक समीक्षायता प्रणालीबाट करिब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। 

माघ महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। माघमा अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाएकाले फागुनबाट कर्जाको ब्याजदर थप सस्तो हुने देखिएको छ।

हालसम्म प्रकाशित १५ वाणिज्य बैंकको ब्याजदरमध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएका छन भने कृषि विकास बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। माघका लागि सबैभन्दा पहिले एनआईसी एसिया र कुमारी बैंकले व्याजदर प्रकाशित घटाएको सूचना प्रकाशित गरेका थिए।

एनआईसी एसिया बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएर माघ महिनादेखि ८.०६५ प्रतिशत तय गरेको छ। बैंकले ब्याजदर ०.६०५ प्रतिशत बिन्दुले घटाएको छ। यस बैंकले संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहेको छ। जुन  पुस महिनामा ६.६७ प्रतिशत रहेको थियो।

कुमारी बैंकले माघ महिनामा मुद्दती निक्षेपमा न्युनतम ६.५० प्रतिशतदेखि अधिकतम ८.११ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। पुस महिनामा यस बैंकले व्यक्तिगत मुद्दतीतर्फ ९.३१ प्रतिशत ब्याजदर दिने भएको छ। 

प्रभु बैंकले पनि माघका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले व्यक्तिगत मुद्दतीतर्फ न्युनतम ६.५६५ प्रतिशतदेखि अधिकतम ८.०६५ प्रतिशत ब्याजदर कायम गरेको छ। पुसमा यसको मुद्दती निक्षेपको अधिकतम व्याजदर ९ प्रतिशत रहेको थियो। संस्थागत निक्षेपतर्फ यस बैंकले २ प्रतिशत कम र रेमिट्यान्स मुद्दतीतर्फ १ प्रतिशत बढी ब्याजदर दिने घोषणा गरेको छ।

कृषि विकास बैंकले माघ महिनाको निक्षेपको ब्याजदर सामान्य हेरफेर गरेको छ। कृषि विकास बैंकले पुस महिनाकै ब्याजदरलाई माघमा पनि निरन्तरता दिएको छ। यस बैंकले ३ महिनादेखि ५ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर क्रमश ५.७६ प्रतिशत र ७.२६ प्रतिशतसम्म कायम गरेको छ।यस बैंकले १ वर्ष अवधिको मुद्दती निक्षेपमा ७.०१ प्रतिशत ब्याज दिने भएको छ।

लक्ष्मी सनराइज बैंकले पनि माघका लागि निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले माघमा न्युनतम ७.५० प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याज दिने भएको छ। जबकी पुस महिनामा यस बैंकको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको थियो।

नेपाल बैंक लिमिटेडले पनि मुद्दती निक्षेपको ब्याज घटाएको छ। पुसमा ८.५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर दिएकोमा माघमा ८ प्रतिशत दिने भएको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर यस बैंकले माघका लागि ६ प्रतिशत तोकेको छ। 

राष्ट्रिय वाणिज्य बैंकले पनि यस महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले ३ महिनादेखि ५ वर्षको अवधिको मुद्दती निक्षेपमा ८.०७ प्रतिशत ब्याज दिने भएको छ। पुसमा वाणिज्य बैंकको मुद्दती निक्षेपको व्याजदर ८.६१ प्रतिशत कायम गरेको थियो।

नबिल बैंकले मुद्दती निक्षेपको ब्याजदर ८.६ प्रतिशतबाट घटाएर ८.१ प्रतिशत कायम गरेको छ। यस्तै यस बैंकले ३ महिनादेखि ६ महिना अवधिको मुद्दतीको ब्याजदर ६.६० प्रतिशत र १ वर्ष अवधिभन्दा बढीको ब्याजदर ७.६ प्रतिशत कायम गरेको छ।

यस्तै एभरेष्ट बैंकले माघका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले ३ महिनादेखि १ वर्ष अवधिको ब्याजदर ६.५० प्रतिशत कायम गरेको छ। १ वर्षदेखि २ वर्ष अवधिको ब्याजदर ७ प्रतिशत र २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत कायम गरेको छ। पुसमा यस बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरेको थियो। 

एनएमबि बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। पुसमा साधारण मुद्दतीको ब्याजदर ९ प्रतिशत कायम गरेको यस बैंकले ६ महिनादेखि १ वर्ष अवधिको ब्याजदर ६ प्रतिशत, १ वर्षदेखि २ वर्ष अवधिको ब्याजदर ७ प्रतिशत र २ वर्षदेखि १० वर्ष अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ७.५० प्रतिशत कायम गरेको छ। यस बैंकले १० वर्ष अवधिको मुद्दतीको ब्याजदर ९ प्रतिशत कायम गरेको छ। 

प्राइम कर्सियल बैंकले १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ८.१० प्रतिशत तोकेको छ। यस बैंकले ३ महिना अवधिको मुद्दतीको ब्याजदर ६.५० प्रतिशत र ६ महिनादेखि १ वर्ष अवधिको ब्याजदर ७ प्रतिशत कायम गरेको थियो। पुस महिनामा यस बैंकको मुद्दती निक्षेपको अधिकतम ब्याजदर १० प्रतिशत रहेको थियो।

सानिमा बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। पुसमा यस बैंकले मुद्दती निक्षेपको अधिकत ब्याजदर ९ प्रतिशत कायम गरेकोमा माघका लागि ८.१५ प्रतिशत तोकेको छ। यस बैंकले ३ महिनादेखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.५० प्रतिशत, ६ देखि १२ महिनाको मुद्दती निक्षेपको ब्याजदर ७.२५ प्रतिशत र १२ देखि २४ महिनाको मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत कायम गरेको छ। 

ग्लोबल आइएमई बैंकले माघका लागि निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले पुसमा साधारण मुद्दतीको ब्याजदर अधिकतम ८.६ प्रतिशत निर्धारण गरेकोमा माघमा ८.१० प्रतिशतमा झारेको छ। यस्तै ३ महिनादेखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.५० प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दतीको ब्याजदर ७ प्रतिशत कायम गरेको छ।

नेपाल एसबीआई बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। पुस महिनामा साधारण मुद्दती निक्षेपको ब्याजदर ९.६ प्रतिशत तोकेको यस बैंकले माघका लागि ८.२५ प्रतिशत कायम गरेको छ।

यस्तै हिमालयन बैंकले पनि साधारण मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। पुसमा ८.६० प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेको यस बैंकले माघका लागि ८.१५ प्रतिशत कायम गरेको छ। यस बैंकले ३ महिना अवधिको साधारण मुद्दतीको ब्याजदर ५.१०३ प्रतिशत, ६ महिना अवधिको मुद्दतीको ब्याजदर ६.६०३ प्रतिशत र ९ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ७.५०३ प्रतिशत कायम गरेको छ। यस्तै १ वर्षदेखि ५ वर्ष अवधिको मुद्दतीको ब्याजदर ७.७५ प्रतिशत कायम गरेको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर घटाएको छ। पुस महिनामा ५ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ८.५६ प्रतिशत कायम गरेको यस बैंकले माघमा ८.०७ प्रतिशत कायम गरेको छ। ३ महिनादेखि १ वर्ष अवधिको मुद्दतीमा यस बैंकले ४.७५ प्रतिशत  र १ वर्षदेखि ५ वर्ष अवधिको मुद्दतीमा ५ प्रतिशत ब्याजदर तोकेको छ।


प्रकाशित : आइतबार, पुस २९ २०८००८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend