बिहीबार , जेठ १० गते २०८१    
images
images

गण्डकीमा बर्सेनि घट्दै धानबालीको क्षेत्रफल

images
शनिबार, पुस २८ २०८०
images
images
गण्डकीमा बर्सेनि घट्दै धानबालीको क्षेत्रफल

मुस्ताङ र म्याग्दीबाहेक गण्डकीका नौवटै जिल्लामा धान खेती हुँदै आएको छ। यहाँ बर्खे र चैते गरी दुई याममा धान खेती हुन्छ।

images
images

गण्डकी- गत वर्ष गण्डकी प्रदेशमा एक लाख चार हजार एक सय ८४ हेक्टरमा धान खेती गरिएको थियो। यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ।

images
images
images

निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माका अनुसार दुई वर्षअघि धान खेतीको क्षेत्रफल एक लाख १२ हजार दुई सय २७ हेक्टर थियो। पछिल्ला वर्ष धान बालीको क्षेत्रफल घट्दै गएको उनले बताए। धान खेतीको क्षेत्रफल घटेपनि यस वर्ष उत्पादकत्व भने बढेको उनले जानकारी दिए।

images

'गत वर्ष एक लाख चार हजार एक सय ८४ हेक्टरमा तीन लाख ७५ हजार तीन सय ३२ मेट्रिक टन धान उत्पादन भएको थियो', कृषि प्रसार अधिकृत शर्माले भने, 'यस वर्ष ९६ हजार ५३ हेक्टरमा धान खेती गरिएकामा तीन लाख ६८ हजार सात सय ८९ मेट्रिक टन उत्पादन भएको हो।'

images
images

गत वर्ष प्रतिहेक्टर तीन दशमलव छ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ। समयमै बर्सात र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बीउबिजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको कृषि प्रसार अधिकृत शर्माले बताए।

images
images

गण्डकीमा बर्सेनि धानको उत्पादकत्वमा घटबढ भइरहेको निर्देशनालयको तथ्यांकले देखाउँछ। आव २०७८/७९ मा प्रतिहेक्टर तीन दशमलव ४३ मेट्रिक टन धान उत्पादन भएको थियो भने त्यसको अघिल्लो वर्ष तीन दशमलव पाँच मेट्रिक धन धान उत्पादन भएको थियो। प्रतिकूल मौसम, मल अभाव, कमसल बीउबिजनजस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए।

प्रमुख रेग्मीले यस वर्ष धानको उत्पादकत्व वृद्धि भए पनि क्षेत्रफल घटेकाले समग्र धानको उत्पादन भने घटेको बताए। धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको उनले बताए।

'खेतीयोग्य जग्गामा बजारीकरण तीव्र छ, हेर्दाहेर्दै ठूल्ठूला फाँट बस्तीले ढाकिए, जग्गा बाँझिने क्रम पनि उस्तै छ, उत्पादन घट्नुको मुख्य कारण यही हो', प्रमुख रेग्मीले भने। सिँचाइ, खेती प्रणालीमा सुधार, रोक किरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले अझ धेरै धान फलाउन सक्ने उनको भनाइ छ।

गण्डकीमा बागलुङको गलकोट, बलेवा, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार, वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी, मध्यबिन्दु, पर्वतको फलेवासलगायत बढी धान उत्पादन हुने क्षेत्र हुन्।

हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाहेक गण्डकीका नौ वटै जिल्लामा धान खेती हुँदै आएको छ। किसानले राम, सुनौलोसुगन्धा, लोकतन्त्र, खुमल, सुधारिएको जेठोबुढोलगायत स्थानीय जातको धान खेती गर्दै आएका छन्।

यहाँ बर्खे र चैते गरी दुई याममा धान खेती हुने गरेको छ। रासस


प्रकाशित : शनिबार, पुस २८ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend