काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक पछिल्लो समय आक्रामक व्यापार विस्तार गर्नेमा पर्दै आएको छ। यो साताको अन्तिम दिन बिहीबार प्रतिकित्ता २३१ रुपैयाँमा कारोबार भएको थियो।
बैंकको बिहीबार ७ लाख १ सय ५९ कित्ता कारोबार भएको थियो। गत वर्ष ८ प्रतिशत लाभांश दिएको बैंकले यसवर्ष भने घोषणा गर्न बाँकी छ। केही दिन भित्रै लाभांश घोषणा गर्न लागेको बैंकले यसवर्ष पनि ८ देखि १० प्रतिशत बीचमा नै लाभांश दिन सक्ने क्षमता रहेको छ।
८ करोड ८५ लाख ७२ हजार ८ सय ४० कित्ता सेयर सूचीकृत रहेको छ। बैंकको चुक्तापुँजी ८ अर्ब ८५ करोड ७२ लाख ८४ हजार रुपैयाँ रहेको छ।
खासगरी मर्जरमा धेरै हल्ला चलिरहेको बैंक मर्जको लागि उपयुक्त जोडीको खोजीमा रहेको छ। पछिल्लो ५२ हप्तामा अधिकतम ३२४ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो। भने न्यूनतम १९२ रुपैयाँमा कारोबार भएको थियो। यता १८० दिनको औषत कारोबार २५९ रुपैयाँ रहेको छ।
बैंकले ७ वर्षको अवधीमा सबैभन्दा धेरै लाभांश २०७२/७३ मा १० प्रतिशतसम्म लाभांश दिएको थियो। बैंकले पहिलो तीन महिनामा २७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकको प्रतिसेयर आम्दानी १२.०६ रुपैयाँ रहेको छ।
यस्तो छ लाभांशको इतिहास