शनिबार, जेठ ५ गते २०८१    
images
images

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा एफडीआई प्रवाहमा उच्च गिरावट

images
सोमबार, माघ १ २०८०
images
images
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा एफडीआई प्रवाहमा उच्च गिरावट

यद्यपी २०१८ र २०२१ मा चीनमा अत्याधिक एफडीआई प्रवाह भएको थियो। त्यसको मुख्य कारण चिनियाँ कम्पनीहरु अमेरिकी धितो बजारमा सूचीकृत हुनु थियो।

images
images

काठमाडौं- चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। २०२३ चीनका लागि त्यति सुखद देखिएन। चिनियाँ अर्थतन्त्रमा केही सूचकांकले ‘रातो झण्डा’ देखायो। 

images
images
images

गएको वर्ष चीनको निर्यात व्यापार त घट्यो नै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाहमा समेत गिरावट आएको हो। 

images

विश्वभरका लागानीकर्ताहरूमा चीनमा गर्ने लगानीको विश्वसनीयतामा कमी आएका कारण २०२३ मा एफडीआई प्रवाह घटेको छ।

images
images

गत वर्ष चीनको निर्यात व्यापार ४.६ प्रतिशतले घटेको तथ्यांक चीनको भन्सार प्रशासनले शुक्रबार सार्वजनिक गरेको हो। २०१६ पछि २०२३ मा चीनको निर्यात व्यापार घटेको हो। २०२३ मा चीनले ३३ खर्ब ८० अर्ब डलरको निर्यात गरेको थियो। 

images
images

पेटर्सन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्स र चाइना स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सचेन्ज (एसएएफई)को तथ्यांकअनुसार २०२३ मा चीनमा एफडीआई प्रवाह धेरै वर्षपछि घटेको हो। चीनमा एफडीआई प्रवाह गत वर्ष किन नाटकीय रुपमा गिरावट आयो भन्ने बारेमा भिजुअल क्यापिटालिस्टले लेखेको छ। उक्त विश्लेषण पेटर्सन इन्स्टिच्युटले गरेको हो। 

चीनमा एफडीआई प्रवाह घट्नुको पहिलो कारण अमेरिका र चीनबीचको भूराजनीतिक तनाव हो। सो तनावले चीनमा लगानी गरेका वा गर्ने योजना बनाएका लगानीकर्ताहरू आकर्षित हुन सकेनन्। त्यस्ता लगानीकर्ताहरूमध्ये अधिकांशको हेडक्वाटर अमेरिकामै रहेको छ। यी कम्पनीहरूले चीनमा आफ्नो कम्पनीमार्फत गर्ने लगानीलाई स्थगत गरे। 

दोस्रो कारणमा चीनले राष्ट्रिय सुरक्षा कानून संशोधन गरेर क्रस बोडर डेटा सेयरिङमा कडाइ गर्ने निर्णय गरेको हो। यसले ठूला बहुराष्ट्रिय कम्पनीहरूले चीनमा लगानी थप गर्न आनाकानी गरे। यसले पनि चीनको एफडीआई प्रवाह प्रभाविग हुन पुग्यो। 

यद्यपी २०१८ र २०२१ मा चीनमा अत्याधिक एफडीआई प्रवाह भएको थियो। त्यसको मुख्य कारण चिनियाँ कम्पनीहरू अमेरिकी धितो बजारमा सूचीकृत हुनु थियो। 

२०१५ मा चीनमा २ खर्ब ४२ अर्ब डलर एफडीआई आएको थियो। २०१६ मा १ खर्ब ७५ अर्ब, २०१७ मा १ खर्ब ६६ अर्ब, २०१८ मा २ खर्ब ३५ अर्ब, २०१९ मा १ खर्ब ८७ अर्ब डलर एफडीआई आएको थियो। 

त्यसैगरि २०२० मा २ खर्ब ५३ अर्ब, २०२१ मा ३ खर्ब ४४ अर्ब र २०२२ मा १ खर्ब ८० अर्ब डलर एफडीआई आएको थियो। २०२३ को तेस्रो त्रैमाससम्म चीनमा जम्मा १५ अर्ब डलर एफडीआई आएको छ। 

पेटर्सन इन्स्टिच्युटका अनुसार चीनको समग्र एफडीआई प्रवाह करिब १ सय अर्ब डलरले कमी आएको छ। यसको कारण हो चीनमा लगानी गरेकाहरूले त्यहाँको व्यवसाय बिक्री गरेर बाहिरिनु। अर्थतन्त्रका लागि यो अर्को नकारात्मक संकेत हो। 

चीनको यो एफडीआई गिरावटको प्रभाव एसिया क्षेत्रका देशहरू जापान, दक्षिण कोरिया तथा थाइल्यान्डको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा देखिनेछ। चीनमा माग घट्दा उल्लेखित अर्थतन्त्रहरूमा त्यसको प्रवाग पर्ने गरेको छ। 

चीनको अर्थतन्त्रको विकासले विश्व आर्थिक वृद्धिमा एक तिहाई योगदान गर्दै आएको छ। चीनको अर्थतन्त्र खुम्चिँदा विश्व अर्थतन्त्रमा गत वर्ष गरिएको वृद्धि अनुमान भेट्न भने मुस्किल हुनेछ। गत वर्षको सुरुवातमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुने अनुमानसहित प्रक्षेपणहरू आएको थियो। 


प्रकाशित : सोमबार, माघ १ २०८०१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend