आइतबार, मंसिर ९ गते २०८१    
images
images

निर्माण र खानी तथा उत्खनन् बढ्दा पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर

होलसेल तथा रिटेल व्यवसाय १.२ प्रतिशतले ऋणात्मक

images
शुक्रबार, पुस २७ २०८०
images
images
निर्माण र खानी तथा उत्खनन् बढ्दा पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर

होलसेल तथा रिटेल क्षेत्रको वृद्धिदर ऋणात्मक रहेकै कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल हुन नसकेको देखिन्छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रारम्भिक प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ। गत आर्थिक वर्षको पनि पहिलो त्रैमासमा ३.२ प्रतिशतकै आर्थिक वृद्धिदर हासिल भएको थियो। 

images
images
images

खानी तथा उत्खननजन्य कार्य ११.५ प्रतिशतले बढ्दा समग्र आर्थिक वृद्धिदर बढेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा खानी तथा उत्खननको मूल्यअभिवृद्धि १.९ प्रतिशतले ऋणात्मक रहेको थियो। 

images

यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्माण क्षेत्रको मूल्यअभिवृद्धि ११.४ प्रतिशतले भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो वृद्धिदर ९.६ प्रतिशतले ऋणात्मक रहेको थियो। 

images

निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने वालुवा गिट्टी तथा ढुंगाको उत्खननको कुल मूल्य अभिवृद्धि तुलनात्मकरुपमा थोरै भएकोले निर्माण क्षेत्र बृद्धिदर बढेको कार्यालयले जनाएको छ। 

यस्तै समीक्षा अवधिमा वित्तीय क्षेत्रको मूल्य अभिवृद्धि १३.२ प्रतिशतले बढेको छ। गत वर्षको सोही अवधिमा यस क्षेत्रमा ९.९ प्रतिशतले मात्रै मूल्य अभिवृद्धि भएको थियो।

यस्तै, पहिलो त्रैमासमा निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बढ्दो वीमा प्रिमियम आदि कारणले वित्तीय क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव देखिएको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि होलसेल तथा रिटेल व्यवसाय १.२ प्रतिशतले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ०.१ प्रतिशतले ऋणात्मक रहेको थियो।

आयातमा समान्य वृद्धि भएतापनि व्यापारजन्य बस्तुहरू  मा आएको कमीको कारणले यस क्षेत्रको वृद्धिदरमा कमी आएको कार्यालयले जनाएको छ। समीक्षा अवधिमा २ पाङग्रे तथा चार पाङग्रे सवारी साधान र यससँग सम्वन्धी मोटरापार्टको पनि बृद्धिदर घटेको छ। गत वर्षको पहिलो त्रैमासमा यस क्षेत्रको बृद्धिदर ०.१ प्रतिशतले ऋणात्मक रहेको चालु आर्थिक वर्षको सोही अवधिमा १.४ प्रतिशतले ऋणात्मक रहेको छ।

नेपालको आर्थिक वृद्धिदर बढ्नुमा होलसेल तथा रिटेल व्यवसायको महत्वपूर्ण योगदान रहँदै आएको छ। यस क्षेत्रमा मूल्यअभिवृद्धि नबढ्दासम्म आर्थिक वृद्धिदर माथि जाने सम्भावना न्यून रहने गरेको छ। 

होलसेल तथा रिटेल क्षेत्रको वृद्धिदर ऋणात्मक रहेकै कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल हुन नसकेको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि, वन तथा माछापालनको मूल्यअभिवृद्धि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि यस क्षेत्रको मूल्यअभिवृद्धि १.४ प्रतिशतमा रहेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा कृषिको वृद्धि २.९ प्रतिशत रहेको थियो। यस अवधिमा धानको उत्पादन बढेकाले यस क्षेत्रको बृद्धिदरलाई सहयोग गरेको कार्यालयले जनाएको छ।

गत वर्षभरी २.२ प्रतिशतको वृद्धिदर रहेको रियलस्टेट चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि २.२ प्रतिशतमै सिमित भएको छ।

यस्तै स्वास्थ्य क्षेत्रको वृद्धिदर गत वर्षको तुलनामा ९.९ प्रतिशत बिन्दुले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस क्षेत्रको मूल्यअभिवृद्धि ११ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा १.१ प्रतिशतमा सीमित भएको छ।

शिक्षा क्षेत्रको पनि मूल्यअभिवृद्धिदर गत वर्षको तुलनामा २.४ प्रतिशत बिन्दुले घटेको छ। गत  वर्षको पहिलो त्रैमासमा शिक्षा क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ०.८ प्रतिशतमा सिमित भएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सार्वजनिक प्रशासनको मूल्यअभिवृद्धि १.५ प्रतिशत बिन्दुले बढेको छ। गत वर्षको पहिलो त्रैमासमा यस क्षेत्रको मूल्य अभिवृद्धि ५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६.५ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.८ प्रतिशतले बढेको पेशागत, वैज्ञानिक तथा प्राविधिक क्षेत्र चालु आर्थिक वर्ष ८.८ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

यस्तै यस अवधिमा आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान कार्यालयको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अवधिमा पर्यटकको आवगमनमा भएको वृद्धिले यस क्षेत्रको बृद्धिदर बढेको कार्यालयले जनाएको छ।

अर्कोतर्फ गत आर्थिक वर्षको अन्तिम त्रैमासको तुलनामा भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक बृद्धिदर १.४ प्रतिशत विन्दुले घटेको छ। यस अवधिमा पानी
आपूर्ति क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सबै भन्दा धेरै ७.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। यस अवधिमा मुख्यत वित्तीय तथा बीमामा क्षेत्र ६.७ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा ५.५ प्रतिशत र सूचना तथा संचार क्षेत्र ३.८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। 

यस अवधिमा विद्युतको उत्पादनमा कमी भएकोले विद्युत तथा ग्याँसको क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सबैभन्दा धेरै २१.९ प्रतिशले घट्ने अनुमान गरिएको छ। समीक्षा अवधिमा निर्माण ८ प्रतिशत, खानी तथा उत्खनन ७.८ प्रतिशत, उद्योग क्षेत्र ५ प्रतिशत विन्दुले बृद्धिदर घट्ने अनुमान गरिएको छ। 


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend