आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

शिवम् सिमेन्टका सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २७ २०८०
images
शिवम् सिमेन्टका सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित
images
images

काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०७९/०८० को वार्षिक साधारण सभाले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

images
images
images

शिवम् सिमेन्ट्स लिमिटेडको आठौँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

images
images

आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट (सेयर प्रिमियमवापतको रकम यथावत रुपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट सेयरधनीलाई चुक्ता पुँजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाखबराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख नगद लाभांशसहित कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले एक विज्ञप्तीमार्फत जानकारी गराएको छ। 

images
images

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पुँजी र४ अर्ब ४० करोड रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भइ ५ अर्ब २ करोड ७० लाख कायम हुनेछ। 

शिवम् सिमेन्ट्स लिमिटेडले शुक्रबार राष्ट्रिय सभागृहमा आठौँ वार्षिक साधारणसभा गरेको हो।


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend