शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

एफएओका महानिर्देशकले भेटे राष्ट्रपति

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २७ २०८०
images
images
एफएओका महानिर्देशकले भेटे राष्ट्रपति

राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेशा बनाउन सके नेपाल आत्मनिर्भर हुन सक्ने बताउँदै यसमा नेपालले विश्व खाद्य संगठनबाट सहयोगको अपेक्षा गरेको बताए।

images
images

काठमाडौं- संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक डा. क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ। 

images
images
images

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार बिहान भएको सो भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेशा बनाउन सके नेपाल आत्मनिर्भर हुन सक्ने बताउँदै यसमा नेपालले विश्व खाद्य संगठनबाट सहयोगको अपेक्षा गरेको बताए। 

images

जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि परेको उल्लेख गर्दै उनले पानीको स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ अब विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।  

images
images
images

उनले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझ्न र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनहरूमा वृद्धि गर्न आग्रह गरे। 

सो अवसरमा नेपालको कृषि क्षेत्रको क्षमता अभिवृद्धका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य संगठन सदैव तयार रहेको महानिर्देशक डोङ्ग्यूले बताएका थिए।


प्रकाशित : शुक्रबार, पुस २७ २०८०११:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend