शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

२१.३० प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार

images
बिहीबार , पुस २६ २०८०
images
images
२१.३० प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार

चालु आवको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि मंसिरसम्ममा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या अघिल्लो वर्ष यही अवधिको तुलनामा घटेको छ।

images
images
images

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव २०७९/०८० साउनदेखि मंसिर मसान्तसम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३ लाख ५२ हजार ७ सय २७ थियो। चालु आवमा यो संख्या र २ लाख ७७ हजार ५ सय ९२ रहेको छ। जुन गत आवको भन्दा २१.३० प्रतिशतले कम हो।

images

चालु आवको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिनेको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ। 

images
images
images

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजार ७ सय ७९ र १ लाख १५ हजार ९ सय ४८ रहेको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ कामको लागि रोजगारीमा जानेको संख्यामा गिरावट आएको छ भने बिदामा नेपाल आइ पुन: विदेश जानेको संख्यामा पनि ११ हजारभन्दा बढीले कम हो।


प्रकाशित : बिहीबार , पुस २६ २०८०१७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend