शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

दुईवर्षकै न्यून बिन्दुको मूल्यवृद्धि

images
बिहीबार , पुस २६ २०८०
images
images
दुईवर्षकै न्यून बिन्दुको मूल्यवृद्धि

गत महिनादेखि नै भारतको तुलनामा नेपालमा न्यून वृद्धि कायम भएको थियो।

images
images

काठमाडौं- मंसिरमा गएको दुई वर्षकै न्यून बिन्दुको मूल्यवृद्धि कायम भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरमा  मुद्रास्फीिति ४.९५ प्रतिशतमा झरेको छ। गत वर्षको मंसिरको तुलनामा यो वर्षको मंसिरमा मूल्यवृद्धि ४.९५ प्रतिशतले बढेको छ। 

images

यसअघि आर्थिक वर्ष २०७८/७९ को असोजमा ४.२४ प्रतिशत मूल्यवृद्धि थियो। सोही वर्षको कात्तिकपछि उकालो लागेको मूल्यवृद्धि ८.६४ प्रतितशतसम्म पुगेको थियो। यो वर्षको मंसिरमा ५ प्रतिशतभन्दा तल झरेको छ। 

images
images
images

मूल्यवृद्धिको चापले गर्दा मौद्रिक व्यवस्था नै खलबिलिएको छ। पुँजी अभाव हुँदै जाँदा त्यसको असर मूल्यवृद्धिमा परेको थियो। 

गत महिनादेखि नै भारतको तुलनामा नेपालमा न्यून वृद्धि कायम भएको थियो। 

यो वर्ष सरकारले वार्षिक औसत मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ। पाँच महिनाको औसत भने ६.७१ प्रतिशत रहेको छ। 


प्रकाशित : बिहीबार , पुस २६ २०८०१७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend