बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन

images
बिहीबार , पुस २६ २०८०
images
झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन

अध्यक्ष गणेश ढकालले भने, 'ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ।'

images
images

बनियानी- झापामा सहकारीमार्फत ७० अर्ब रूपैयाँभन्दा बढी पुँजी परिचालन भएको छ।

images
images
images

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ। 'सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ', उनले भने, 'यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।' 

images
images

सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए। पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ। सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो।

images
images

अध्यक्ष ढकालले भने, 'ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ।'

झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन्। 'स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ', संघका सचिव भवानीप्रसाद दंगालले भने।

झापा जिल्ला सहकारी संघमा चार सय ९२ सहकारी संस्था आबद्ध छन्। यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी एक सय ९३, दुग्ध र सुपारी ६/६, चिया र उपभोक्ता चार-चार, विविध आठ र संघ चार आबद्ध रहेको सचिव दंगालले जानकारी दिए।

झापाका सहकारीमा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा रोजगारी पाएका छन्।


प्रकाशित : बिहीबार , पुस २६ २०८०१५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend