बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

चाँगुनारायणमा झन्डै ६३ रोपनी क्षेत्रफलमा औद्यौगिक ग्राम बन्ने

images
बिहीबार , पुस २६ २०८०
images
चाँगुनारायणमा झन्डै ६३ रोपनी क्षेत्रफलमा औद्यौगिक ग्राम बन्ने

सांस्कृतिक औद्योगिक ग्राम निर्माणसँगै स्थानीयस्तर एवं भक्तपुर जिल्लामा उत्पादन हुने वस्तुलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए।

images
images

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा औद्योगिक ग्राम निर्माण हुने भएको छ। झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो।

images
images
images

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले बागेश्वरीमा सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न लागेको हो। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विकासमा पछाडि परेको चाँगुनारायण नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्न वडा नं ५ र ७ को सिमानामा रहेको गुरुङटारमा जग्गा उपलब्ध गराउने निर्णय एक वर्ष अगाडि नै गरेर प्रदेश सरकारमा पेस गरेकामा अहिले स्वीकृत भएको बताए।

images
images

सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न वडा कार्यालय हुँदै नगरपालिका, भुमि सुधार, मालपोत, जिल्ला प्रशासन कार्यालयलगायतका उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवाला सबै निकायमा छलफल र सहमति गरी प्रक्रिया पूरा गरेर प्रदेश सरकारमा प्रस्ताव पेस गरेकामा प्रदेश सरकारले स्वीकृत गरेसँगै अब औद्योगिक ग्राम निर्माणको प्रक्रिया अगाडि बढ्ने प्रमुख खत्रीले बताए।

images
images

सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न नगरपालिकाले जग्गा उपलब्ध गराउने निर्णय गरेर पठाएको प्रस्तावलाई स्वीकृत गर्दै त्यसका लागि आवश्यक अध्ययन एवंं विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण थालिएको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए।

नगरप्रमुख खत्रीका अनुसार त्यस क्षेत्रमा सांस्कृतिक औद्योगिक ग्राम निर्माणसँगै स्थानीयस्तर एवं भक्तपुर जिल्लामा उत्पादन हुने वस्तुलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए।

स्थानीयस्तरमा उत्पादन हुने लत्ताकपडा, बाँका, काठका निगालोका सामान, फर्निचर, डोको, डालो, नाङ्लो, परालको चकटी, गुन्द्री, सुकुल, मुठा, स्थानीय लप्सीको उत्पादन, अचार उत्पादन, खाद्य उत्पादनजस्ता कार्यका लागि उद्योगी व्यवसायीलाई ठाउँ निर्माण गरेर उपलब्ध गराउँदै बजार व्यवस्थापनसमेत गरिने उनले जानकारी दिए।

त्यसका लागि साना उद्योग सञ्चालन गरी विभिन्न सामग्रीको उत्पादन गर्ने र ठाउँ अपुग भए थप जग्गाको व्यवस्थापन गरी एकीकृतरूपमा औद्योगिक ग्राम निर्माण गरिने नगरप्रमुख खत्रीले बताए। रासस


प्रकाशित : बिहीबार , पुस २६ २०८०१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend