आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

एडीबीमार्फत स्तरोन्नति भइरहेका मुख्य तीन सडक आयोजना : कहाँ के हुँदैछ काम?

बिहीबार , पुस २६ २०८०
एडीबीमार्फत स्तरोन्नति भइरहेका मुख्य तीन सडक आयोजना : कहाँ के हुँदैछ काम?

नारायणगढ-बुटवल सडकमा सहज यातायात सुरु गर्न नियमित मर्मत सम्भार, पानी छर्कन र एक साइड दुई लेनमात्रै भए पनि यो वर्षात्अगडि सम्पन्न गर्न बाध्य पार्ने गरी प्रयास भइरहेको आयोजना निर्देशनालयले छ।

काठमाडौं- एसियाली विकास बैंक (एडीबी) अन्तर्गत आयोजना निर्देशनालयले नेपालमा सडक आयोजनामा आफूहरूमार्फत भइरहेको कामको वर्तमान स्थिति र प्रगतिका विषयमा जानकारी दिँदै समयमा काम सम्पन्न गर्नेगरी लागिपरिरहेको जनाएको छ।

ढिला भइरहेका आयोजनामा समयमा काम सम्पन्न गर्न बारम्बार विभिन्न तवरबाट प्रयास गरिरहेको र विभिन्न समयमा ठेक्का तोड्नेसम्मको चेतावनी दिएकोसमेत आयोजना निर्देशनालयले जनाएको छ।

सरकारको मुख्य प्राथमिकतामा रहेका पूर्वपश्चिम राजमार्ग (नारायणगढ-बुटवल) र काठमाडौं-मुग्लिन-पोखरा सडक स्तरोन्नतिको काम भइरहेको छ। एसियाली विकास बैंक (एडीबी) र वर्ल्ड बैंकलगायत अन्य दातृ निकायहरूको सहुलियत ऋण सहयोगमा स्तरोन्नतिको काम भइरहेको हो।

एडीबीबाट पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवलखण्ड सन् २०१८ डिसेम्बरमा ठेक्का व्यवस्थापन भइ निर्माण भइरहेको छ।

यस्तै एडीबीबाट कञ्चनपुर-कमला खण्ड २०२० को जुन महिनामा र मुग्लिन (आँबुखैरेनी)-पोखरा सडकको पूर्वीखण्डको २०२१ अप्रिलमा र पश्चिम खण्डको २०२१ अगष्टमा ठेक्का व्यवस्थापन भइ निमार्ण काम भइरहेको छ।

तीनवटै सडक निमार्णमा अन्तर्राष्ट्रिय निमार्ण व्यवसायी र कामको अनुगमन गर्न तथा ठेक्का व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता समेत परिचालित छन्। तीनवटै सडकको निमार्ण, काम व्यवस्थापनमा सहयोग गर्न सडक विभाग तथा निर्देशनालय (एडीबी) मातहतका २/२ वटा योजना कार्यालयहरू (राजपत्रांकित द्दितीय श्रेणीको योजना प्रमुख रहने गरी) स्थापित भइ क्रियाशील छन्।

aruna.png

नारायणगढ-बुटवल सडक

नारायणगढ-बुटवल सडक १ सय १३ किलोमिटरमध्ये ७० किलोमिटर ४ लेन र २९ किलोमिटर ४ लेन साथै दुईतर्फ ६/६ मिटरको सर्भिसलेन हुनेछ। दाउन्नेमा १४ किलोमिटर ३ लेनको हुनेछ।

समग्रमा ६४ वटा पुल, ४ सय ३२ कल्भर्ट, १२९.१६ किलोमिटर नालालगायत संरचना निर्माण गर्नुपर्नेमा हालसम्म ४० किलोमिटर २ लेन कालोपत्रे सडक, ३८ वटा पुल, २ सय ९५ वटा कल्भर्ट, ४८ किलोमिटर बेस, २०.४१ किलोमिटर थप सब बेस, ६० किलोमिटर ड्रेन गरी ४३ प्रतिशत काम सम्पन्न आयोजना निर्देशनालयले जनाएको छ।

गत चैतभन्दा अगाडि ५२ महिनामा कल्भर्ट २१९ वटा, पुल २९ वटा, सबबेस ३८.६३ किलोमिटर, बेस २३.४८ किलोमिटर, बाइन्डिङ कोर्स ५.२९ किलोमिटर र अस्फाल्ट २०० मिटर मात्रै भएको थियो भने हाल ९ महिनामा कल्भर्ट ७६ वटा, पुल ७ वटा, सववेस २२.५३ किलोमिटर बेस २६.८२ किलोमिटर, बाइन्डिङ कोर्स (कालोपत्रे) ३४.२७ किलोमिटर र अस्फाल्ट कक्रिट ९.१ किलोमिटर सम्पन्न भएको जनाइएको छ।

निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार, बैठक, दुईपटक ठेक्का तोड्नेसम्मको चेतावनीपत्र तथा निर्माण व्यवसायीको केन्द्रीय कार्यालयलाई समेत के-कति कारणले काम ढिलो भएको र के कसरी समयमै सम्पन्न गर्ने योजना छ भनि जवाफदेही बन्न र प्रतिवद्धता पेश गर्न पत्राचार गरिएको र आगामी १५ महिनामा काम सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले पेश गरेको आयोजना निर्देशनालयले जनाएको छ।

सहज यातायात सुरु गर्न नियमित मर्मत सम्भार, पानी छर्कन र एक साइड दुई लेनमात्रै भए पनि यो वर्षात्अगडि सम्पन्न गर्न बाध्य पार्ने गरी प्रयास भइरहेको आयोजना निर्देशनालयले छ।

aruna.png

मुग्लिन (आँबुखैरेनी)-पोखरा सडक

यसैगरी मुग्लिन(आँबुखैरेनी)-पोखरा सडकखण्डको ८०.३३ किलोमिटरमध्ये पूर्वीखण्डमा २० किलोमिटर (२ लेन) कालोपत्रेसहित ४४ प्रतिशत काम सम्पन्न भएको छ। विगत चैतअगाडि २२.७ प्रतिशतमात्र सम्पन्न भएको थियो।

सो सडकको ६०.२४ किलोमिटर ४ लेन र २०.०९ किलोमिटर ४ लेन दुईतर्फ ६/६ मिटरको सर्भिसलेन, २९ वटा पुल, २८१ कल्भर्ट, नालालगायत संरचना निर्माण गर्नुपर्नेमा हालसम्म २० किलोमिटर २ लेन कालोपत्रे सडक, १७ वटा पुल, १९० वटा कल्भर्ट, २४ किलोमिटर वेस, २७ किलोमिटर सब बेस, करिब १४ किलोमिटर ड्रेन गरी २७.४८ प्रतिशत काम सम्पन्न भएको छ।

गत चैतभन्दा अगाडि करिब २१ महिनामा १३.४८ प्रतिशत काम भएको थियो जसमा कल्भर्ट १०६ वटा, पुल ८ वटा, सबबेस ३.५ किलोमिटर, बेस ० किलोमिटर, बाइन्डिङ कोर्स ० किलोमिटर र अस्फाल्ट भएको थिएन।

हाल ९ महिनामा १४ प्रतिशत काम भएको छ। जसमध्ये कल्भर्ट ८४ वटा, पुल ९ वटा, सववेस २३.५ किलोमिटर बेस २४ किलोमिटर, बाइन्डिङ कोर्स (कालोपत्रे) २० किलोमिटर र अस्फाल्ट कक्रिट ४ किलोमिटर सम्पन्न भएको छ।

पश्चिम खण्डको ठेक्का तोड्ने चेतावनीपश्चात निर्माण व्यवसायीको मुख्य कार्यालयको प्रतिनिधि आइ प्रत्येक ३ महिनामा ५ किलोमिटर एकातर्फ (२ लेन) कालोपत्रे गर्ने र २०२५ डिसेम्बरसम्ममा सबै काम सम्पन्न गर्ने तालिकासहित प्रतिबद्धता पेश गरेको र सोबमोजिम हुन नसकुन्जेल भुक्तानी नै नदिँदा पनि हुनेगरी लिखित गरेकोले विगत १९ महिनामा ५.७५ प्रतिशत रहेको प्रगति ९ महिनामा करिब ८ प्रतिशत बढेर १३.६२ प्रतिशत भएको छ र फेब्रुअरीसम्ममा ५ किलोमिटर कालोपत्रे गर्ने तयारी गरिरहेको छ।

aruna.png

कञ्चनपुर-कमला सडक

कञ्चनपुर-कमला सडकमा ८६.८३ किलोमिटरमध्ये ७०.३३ किलोमिटर ४ लेन र १६.५० किलोमिटर ४ लेन साथै दुईतर्फ ६/६ मिटरको सर्भिसलेन, ५४ वटा मेजर पुल, २१८ कल्भर्ट, ७४.९६ किलोमिटर ड्रेन, बस स्टेन्ड, निर्माण गर्नुपर्नेमा हालसम्म २०.१२ किलोमिटर २ लेन कालोपत्रे सडक, २०५ वटा कल्भर्ट, २७.१७ किलोमिटर बेस (२ लेन), ७४.४१ किलोमिटर सब बेस, १९.०८ किलोमिटर ड्रेन गरी ४१.४७ प्रतिशत काम सम्पन्न भएको छ।

गत चैतभन्दा अगाडि २५ महिनामा कल्भर्ट १८८ वटा, सबबेस २६ किलोमिटर (२ लेन) गरी २९.३८ प्रतिशत मात्र भएको थियो।

हाल ९ महिनामा कल्भर्ट ३० वटा, सववेस ४८.४१ किलोमिटर सवबेस, २७.१७ किलोमिटर वेस (२ लेन), २०.१२ किलोमिटर बाइन्डिङ कोर्स (२ लेन) र १७.४२ किलोमिटर (२ लेन) अस्फाल्ट कंक्रिट गरी १२.०९ प्रतिशत सम्पन्न भएको छ।


प्रकाशित : बिहीबार , पुस २६ २०८०१४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend