शनिबार, साउन १२ गते २०८१    
images
images
images

जुम्लाको पातारासीमा ६ घरमा 'होमस्टे'

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १६ २०७८
images
images
जुम्लाको पातारासीमा ६ घरमा 'होमस्टे'

जुम्लाको पातारासि गाउँपालिका– ७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन्।  गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रुपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ। 

images

जुम्ला- जुम्लाको पातारासी गाउँपालिका-७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन्। गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रुपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ। 

images
images

हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिने भएको छ। ‘सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना छ’ उनले भने, ‘हाल रेडपाण्डा (रातो हाब्रे) संरक्षण नेटवर्कको सहयोगमा ६ घरलाई होमस्टे बनाइएको छ।’

images

मुगुको रारा जाने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा होमस्टे सञ्चालन गरिएको हो। 

गतवर्ष चैतदेखि सुरु भएको होमस्टेमा कोरोना भाइरसको महामारीका कारण उल्लेख्य  पाहुना आएका छैनन्। 

images

पाहुनाको पर्खाइमा रहेको होमस्टे सञ्चालिका राज्यलक्षी रावतले बताइन्। ‘पाहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन हामी आत्तुर छौँ। लोकल कुखुराको सुप र मासु, कालीमार्सी चामलको भात, फाँपरको परिकार र चिनोको खिरलगायत परिकार तयार पाछौँ,’ उनले भनिन्। 

रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्नका लागि आउने पर्यटनलाई लक्षित गरी होमस्टे सुरु गरिएको रावतले बताइन्।

‘रेडपाण्डा हेर्न पट्मारा गाउँमा एक पटक आउन आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गछौँ। होमस्टे गाउँमै पहिलो भएकाले पाहुनालाई आर्गानिक परिकार पस्कने छौँ”, उनले भनिन्। रासस


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend