बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

एनसेल र मौसम विभागबीच सहकार्य विस्तार, अब १३ प्राकृतिक प्रकोपको पाइनेछ पूर्वसूचना

images
बिहीबार , पुस २६ २०८०
images
एनसेल र मौसम विभागबीच सहकार्य विस्तार, अब १३ प्राकृतिक प्रकोपको पाइनेछ पूर्वसूचना

मौसम विभागसँगको सहकार्यमा सन् २०१६ देखि एनसेलले बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्नेलाई पूर्वसूचना प्रवाह गर्दै आएको छ।

images
images

काठमाडौं- एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ। अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने समझदारी भएको छ।

images
images
images

यो समझदारी पत्रअनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्वसूचना प्रणालीअन्तर्गत अब १३ वटा प्रकोपहरुका बारेमा आम जनमानसलाई प्रकोप पूर्वसूचना प्रवाह गर्नेछ। ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात रहेका छन्।

images
images

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले बुधबार एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर, काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

images
images

सहकार्यबारे महानिर्देशक कर्माचार्यले पूर्वसूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्वसूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिँदै थप १० मौसममा आधारित जोखिमहरुलाई समेट्दै पूर्वसूचना प्रणाली तथा प्रवाहका लागि गरिएको यो सहकार्य एक अर्को कोसेढुंगा भएको बताए।

'कुनै प्राकृतिक विपद् घट्नुभन्दा अगावै प्राप्त हुने पूर्वसूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ। ग्रासरुट-टु-ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्वसूचना प्रवाहका लागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो', उनले भने, 'बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानविय क्षति भने धेरै कम भएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो। यसका लागि एनसेलको योगदानको कदर गर्न चाहन्छु।'

यस्तै एनसेलका प्रमुख कार्यकारी अधिकृत कायुमोभले सन् २०१६ देखि पूर्वसूचना प्रणालीलाई अघि बढाउँदै आएको र आम नेपाली जनमानसलाई यस प्रणालीमार्फत सम्भावित विपद्‌बाट जोगाउने निरन्तरको प्रयास जारी रहने बताए।

'एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो। एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसैअनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरुमा सहकार्य गर्न हामी तत्पर छौँ', उनले भने।

सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पूर्वसूचना प्रवाह गर्दै आएको छ। २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पूर्वसूचना प्रवाह गरेको थियो। 

पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सूचित गर्दै आ-आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ। त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्‍याउँछ।


प्रकाशित : बिहीबार , पुस २६ २०८०११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend