आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

प्रक्षेपणअनुसार धान उत्पादन भएपछि उत्साही अर्थ मन्त्रालय

images
बिहीबार , पुस २६ २०८०
images
प्रक्षेपणअनुसार धान उत्पादन भएपछि उत्साही अर्थ मन्त्रालय

सरकारले ६ प्रतिशतको वृद्धिदरको लक्ष्य राखे पनि विश्व बैंकले भने चालु वर्षका लागि ३.९ प्रतिशतको वृद्धिदर कायम हुने प्रक्षेपण गरेको छ।

images
images

काठमाडौं- यो वर्ष धान उत्पादनमा ऐतिहासिक रेकर्ड कायम भएको छ। कृषि तथा पशुपक्षि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ५७ लाख २४ हजार टन धान उत्पादन भएको छ। 

images
images
images

यो गत वर्षको तुलनामा ४.३३ प्रतिशतले उच्च हो। धान खेती गर्ने क्षेत्रफल घटेपनि मल, बीउ तथा सिँचाइ सुविधामा भएको विस्तारले गर्दा धानको उत्पादन बढेको मन्त्रालयले दाबी गरेको छ। 

images
images

धानको उत्पादन ४.३३ प्रतिशतले बढेपछि अर्थ मन्त्रालय भने उत्साहित भएको छ। चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने लक्ष्य राखिएको छ। यद्यपि पछिल्लो समय अर्थतन्त्रमा शिथिलता कायमै हुँदा लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ। 

images
images

मूल्यवृद्धिभन्दा न्यून आर्थिक वृद्धिदरको लक्ष्य राखेको सरकारका लागि उत्साहित हुने खबर कृषि मन्त्रालयले दिएको छ। 

धान उत्पादन ४.३३ प्रतिशतले बढेपछि आर्थिक वृद्धिदरको लक्ष्य प्राप्तिमा सहज हुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। भनिएकै लक्ष्य पूरा नभएपनि छेउछाउ पुग्नका लागि सहज हुने उनीहरूको भनाइ छ। 

कुल गार्हस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको हिस्सा २४.६ प्रतिशत हिस्सा रहेको छ। यो क्षेत्रमा पनि धानको हिस्सा धेरै हुने भएकाले धान उत्पादनको वृद्धिदर समग्र आर्थिक वृद्धिदरमा समग्र प्रभाव पार्ने अर्थका अधिकारीहरूको भनाइ छ। 

राजस्व संकलन तथा खर्च व्यवस्थापनको दबाबमा रहेको अर्थ मन्त्रालयका लागि भने राहत दिने खबर आएको हो। 

धानको उत्पादन बढ्दा आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वासमा आफूहरू रहेको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए। 

’२४ प्रतिशतभन्दा धेरै हिस्सा भएको कृषि क्षेत्र र त्यसमा पनि धेरै हिस्सा हुने धानको उत्पादन ४ प्रतिशतले बढ्दा अवश्य पनि समग्र वृद्धिदरमा सकारात्मक प्रभाव पर्छ नै’ शर्माले भने। 

धान उत्पादनको तथ्यांकबाट उत्साहित हुनका पछि अर्को कारण भनेको बजेटमा सरकारले लिएको लक्ष्यअनुसारकै उत्पादन बढेको छ।

चालु वर्षमा ५७ लाख ५१ हजार टन धान उत्पादन हुने अनुमान गरेको थियो। वास्तविक उत्पादन पनि सोही अनुमानकै निकट भएपछि मन्त्रालय वृद्धिदरका सन्दर्भमा उत्साहित भएको हो। 

सरकारले ६ प्रतिशतको वृद्धिदरको लक्ष्य राखे पनि विश्व बैंकले भने चालु वर्षका लागि ३.९ प्रतिशतको वृद्धिदर कायम हुने प्रक्षेपण गरेको छ। 


प्रकाशित : बिहीबार , पुस २६ २०८००७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend