बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

प्रहरीको ‘अपरेशन केक’ : केकमा गाँजा मिसाएर बेच्ने तीनजना पक्राउ

images
बुधबार, पुस २५ २०८०
images
प्रहरीको ‘अपरेशन केक’ : केकमा गाँजा मिसाएर बेच्ने तीनजना पक्राउ

उनीहरुले एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको खुलेको छ।

images
images

काठमाडौं- अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ‘अपरेशन केक’ सुरु गरेको छ। उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ।

images
images
images

‘अपरेशन केक’ जारी रहने ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार यही पुस २२ गते काठमाडौंमा विशन मानन्धर पक्राउ परेका थिए। ब्यूरोले टोली परिचालन गरी मंगलबार थप दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको सोह्रखुट्टेका २६ वर्षीय मोहमद फाजिल र काठमाडौंको दक्षिणकाली नगरपालिका-३ का २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन्।

images
images

दुवैजनाले ललितपुरको एकान्तकुनामा घर भाडामा लिई केक र कुकिजमा गाँजा मिसाएर कारोबार गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक जोशीले बताए। प्रहरीले उनीहरुको कोठाबाट एक किलो एक सय ग्राम गाँजा, एक किलो पाँच सय ६८ किलो डाँठसहितको गाँजा, बिक्री गर्न राखेको एक किलो नौ सय ग्राम केक, एक थान माइक्रोओभन, नौ सय ग्राम बटर तथा एक किलो तीन सय ग्राम कुकिज बरामद गरेको छ।

images
images

फाजिल र जैसीले एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ। रासस


प्रकाशित : बुधबार, पुस २५ २०८०१८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend