शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

images
बुधबार, पुस २५ २०८०
images
images
पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

यही पुस १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ। यससँगै संस्थाले कानूनी वैधता प्राप्त गरेको छ।

images
images

काठमाडौं- लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी निर्वाचित कार्यसमितिको पहलमा नवीकरण भएको छ। यही पुस १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ। यससँगै संस्थाले कानूनी वैधता प्राप्त गरेको छ।

images
images
images

नेपाल रेडक्रस २०७६ सालदेखि नवीकरण हुन सकेको थिएन। आव २०८०/०८१ सम्मका लागि संस्था नवीकरण भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए। उनले संस्था नवीकरण भएसँगै रेडक्रस अभियानसँग सम्बद्ध सबैमा सकारात्मक भावनाको सञ्चार भई संस्थाले थप गतिशीलता प्राप्त गरेको बताए।

images

नेपाल रेडक्रसको यसअघिको कार्यसमितिमा विवाद हुँदा लामो समयदेखि संस्था प्रभावित बनेको थियो। विपद्का समयमा मानवीय सेवामा खट्नुपर्ने संस्थाको नेतृत्वमा असझदारी बढ्दा रेडक्रसले प्रभावकारी काम गर्न सकेको थिएन। स्थापनाकालदेखि वैधानिक दायित्व पूरा गर्दै अघि बढिरहेको नेपाल रेडक्रसको २०७६ चैतमा तय भएको विशेष महाधिवेशन हुन नसकेपछि संस्थाले कानूनी वैधता गुमाएको थियो।

images
images
images

केन्द्रीय कार्यसमितिको निर्वाचन हुन नसकेको अवस्थामा नेपाल सरकारबाट पटक-पटक तदर्थ समिति गठन भए पनि उक्त समितिले अधिवेशन गर्न सकेको थिएन। रेडक्रसप्रेमीको साझा प्रयत्नबाट गत साउन २ र ३ गते सम्पन्न विशेष महाधिवशेनले प्रा सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो।

लामो समयदेखि नवीकरण हुन नसकेको संस्था नवीकरण हुनु नै वर्तमान कार्यसमितिको ठूलो उपलब्धिका रुपमा रहेको अध्यक्ष नेपाल बताउँछन्। यसबीचमा नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय संघसंस्थासँग पनि सम्बन्ध प्रगाढ बन्दै आएको उनको भनाइ छ।

'चार/पाँच वर्षदेखि बिग्रेको अन्तरराष्ट्रिय सम्बन्ध निर्वाचित कार्यसमिति आएपछि धेरै सुधार हुँदै गएको छ', नेपाल रेडक्रसका अध्यक्ष नेपालले भने, 'संस्थाका बारेमा केही अन्योलता देखिए प्रष्ट पार्दै जान्छौँ।' अहिले नेपाल रेडक्रसमा कुनै पनि विवाद नरहेको जिकिर गर्दै उहाँले संस्थाको विधान र राज्यका कानूनलाई शिरोधार्य गरेर अघि बढिने बताए।

नयाँ कार्यसमितिले अघिल्ला तीन वर्षको लेखा परीक्षण सम्पन्न तथा आव २०८०/०८१ सम्मको वार्षिक प्रतिवेदन तयार गरेको छ  यसबीचमा वार्षिक साधारणसभा सम्पन्न, आव २०७९/८० सम्मको करचुक्ता प्रमाणपत्र प्राप्त, गत मङ्सिर मसन्तसम्म समाज कल्याण परिषद्‌मा बुझाउनुपर्ने दायित्व भुक्तानी गरिएको रेडक्रसले जनाएको छ।

नेपाल रेडक्रसको विधानलाई समावेशी बनाउने उद्देश्यका साथ मौजुदा विधान र नियमावलीलाई समयसापेक्ष  परिमार्जन गरी सेवा प्रवाहमा सुधार ल्याइने रेडक्रसले जनाएको छ। रेडक्रसले आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने तयारी गरेको छ।

विसं २०२० भदौ १९ गते स्थापना भएका नेपाल रेडक्रस सोसाइटी मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगी निकाय र समुदायको नजिकको संस्थाका रुपमा रहेको छ। रेडक्रसले विपद् व्यवस्थापन तथा प्रतिकार्य, सामुदायिक स्वास्थ्य सेवा, रक्तसञ्चार, एम्बुलेन्स, आँखा स्याहार, पर्यावरणीय संरक्षण, जनचेतना अभिवृद्धि, अन्तर्राष्ट्रिय कानूनको प्रवर्द्धन, शान्ति र मानवीय मूल्यको प्रवर्द्धनलगायका मानवीय सेवाका कार्य गर्दै आइरहेको छ।

नेपाल रेडक्रसका सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार पाँच सय ६४ उपशाखा तथा छ हजार आठ सय ३२ जुनियर युवा रेडक्रस सर्कलमा १२ लाख बढी स्वयम्सेवक आबद्ध छन्। रासस


प्रकाशित : बुधबार, पुस २५ २०८०१८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend