बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

एनसेल सेयर खरिदबिक्रीको छानबिन गर्न गठित समितिको कार्यावधि थप, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय

images
बुधबार, पुस २५ २०८०
images
एनसेल सेयर खरिदबिक्रीको छानबिन गर्न गठित समितिको कार्यावधि थप, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय

प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब रूपैयाँ उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

images
images

काठमाडौं- सरकारले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर बिक्रीका सम्बन्धमा अध्ययन गर्न गठित समितिको कार्यावधि माघ १५ गतेसम्मका लागि थप गरेको छ। पुस २४ गते बसेको मन्त्रिपरिषद्‌को बैठकले मंसिर २१ मा गठित समितिको कार्यावधि थप गर्ने निर्णय गरेको हो।

images
images
images

मंसिर २१ मा बसेको मन्त्रिपरिषद्‌को बैठकले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ३० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य र आइक्यानबाट सुजनकुमार काफ्ले सदस्य रहेका छन्।

images
images

एनसेलको सेयर खरिदबिक्री अस्वाभाविक देखिएको भन्दै सरकारले त्यसका बारेमा अध्ययन गरी प्रतिवेदन तयार पार्न उक्त समिति गठन गरेको हो। समितिको निष्कर्षअनुसार सरकारले थप पक्रिया अघि बढाउने छ।

images
images

यस्तै पुस २४ को मन्त्रिपरिषद्‌ बैठकले विश्व बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौता र कार्यक्रमसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ।

प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब रूपैयाँ उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

Cabinet Decision.jpg

Cabinet Decision2.jpg


प्रकाशित : बुधबार, पुस २५ २०८०१८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend