काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागमा छापा मारेको छ। अख्तियारले छापा मार्दै विभागबाट लाइसेन्स वितरण प्रक्रियाका प्रमाणहरू लिएको छ।
यातायात व्यवस्था विभागकै कर्मचारीको मिलोमतमा स्मार्ट लाइसेन्स वितरणको स्फटवेयरमा अनाधिकृत प्रवेश गरी बिना लिखित परीक्षा र ट्रायल परीक्षा नदिएकालाई समेत लाइन्सेस वितरण गरेको विषयमा अख्तियारले छामा मारेको हो।
विभाग कर्मचारीको सहयोगमा गैरकानूनीरुपमा एक लाख लाइसेन्स वितरण भएको प्रारम्भिक आँकलन छ।