बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

रुकुम पूर्व र पश्चिममा एफटीटीएच नेटवर्क

images
बुधबार, पुस २५ २०८०
images
रुकुम पूर्व र पश्चिममा एफटीटीएच नेटवर्क

सञ्चार तथा सूचना प्रवधिमन्त्री रेखा शर्माले अब हुम्ला र डोल्पामा पनि एफटीटीएच सेवा पुर्‍याउने प्रतिबद्धता जनाएकी छिन्।

images
images

काठमाडौं- रुकुम पूर्वको रुकुमकोट र रुकुम-पश्चिमको मुसिकोटमा फाइवर टू द होम (एफटीटीएच) नेटवर्कको सुरुवात गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिंक पुर्‍याएर एफटीटीएच नेटवर्कको भर्चुअलरुपमा शुभारम्भ गरेकी हुन्।

images
images
images

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा एफटीटीएचको भर्चुअल उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले कान्छो जिल्ला रुकुममा एफटीटीएच जोड्न पाउँदा खुसी लागेको बताइन्। उनले अब हुम्ला र डोल्पामा पनि सो सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन्।

images
images

मन्त्री शर्माले भनिन्, 'सूचना र सञ्चारको विकासमा सरकार प्रतिबद्ध छ, पछिल्लोपटक भूकम्पप्रभावित जिल्लामा इन्टरनेट सेवा पुर्‍याउनुपर्छ।' उनले सञ्चारको विकासले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले सञ्चारको विकास अपरिहार्य भएको बताइन्।

images
images

सांसद पूर्णबहादुर घर्तीले रुकुममा आधुनिक सूचना प्रविधि जोडिनु सकारात्मक भएको बताए। मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले ग्राहकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले हालसम्म ७४ जिल्लामा ‘फोर जी’ सेवा पुर्‍याइसकेको जानकारी दिइन्। रासस


प्रकाशित : बुधबार, पुस २५ २०८०१६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend