शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

नेपालगञ्जमा नष्ट गरियो अवैधरुपमा सञ्चालित पाँच ई-रिक्सा

images
बुधबार, पुस २५ २०८०
images
images
नेपालगञ्जमा नष्ट गरियो अवैधरुपमा सञ्चालित पाँच ई-रिक्सा

नगर प्रमुख भन्छन्, 'अब हामी निरन्तर अगाडी बढ्छौँ, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन।'

images
images

बाँके- नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैधरुपमा सञ्चालित ई-रिक्सा नष्ट गर्न सुरु गरेको छ।

images
images
images

लामो समयदेखि ई-रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई-रिक्सा नष्ट गर्न थालेको हो। गत मङ्सिर १९ गतेदेखि अवैधरुपमा सञ्चालित ई-रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मंगलबार पाँच ई-रिक्सा नष्ट गरेको छ।

images

आवश्यक कागजात नभएका ती ई-रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो।

images
images
images

नष्ट गरिएका ई-रिक्सामा भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरका रहेका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए। यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई-रिक्सा धनी तथा चालककै रहोवरमा कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले/नमिलेको वा भए/नभएको प्राविधिक जाँच गरेका थिए। 

उपमहानगरपालिकाले ई-रिक्सा नियन्त्रण गर्नुअघि पटक-पटक प्रक्रिया पुर्‍याउन आग्रह गरेको थियो। नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर ई-रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिइएको थियो।

नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध रुपमा सञ्चालित ई-रिक्सा पूर्णरूपमा सञ्चालनमा प्रतिबन्ध लगाउने अभियानमा उपमहानगरपालिका दृढ भएर लागेको बताए।

'हामीले पटक-पटक भनेको हौँ, अद्यावधिक गर्न समय पनि दिएका थियौँ, नियन्त्रणमा लिइएका धेरै ई-रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छाडेका छौँ, अवैध सञ्चालित ई-रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौँ', नगर प्रमुख विष्टले भने, 'अब हामी निरन्तर अगाडी बढ्छौँ, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन।'

उपमहानगरपालिकाले हालसम्म छ सय २३ ई-रिक्सा नियन्त्रण लिएको छ। तीमध्ये आवश्यक कागजात र प्रक्रिया पुर्‍याएपछि पाँच सय ३८ ई-रिक्सा फिर्ता भएका छन्। अझै पनि ८५ ई-रिक्सा नियन्त्रणमै छन्। ती ई-रिक्सामाथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताए। रासस


प्रकाशित : बुधबार, पुस २५ २०८०१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend