शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

पुल बनेपछि पालिकाको केन्द्रसँग जोडियो विकट गाउँ, स्थानीयलाई सहज

images
बुधबार, पुस २५ २०८०
images
images
पुल बनेपछि पालिकाको केन्द्रसँग जोडियो विकट गाउँ, स्थानीयलाई सहज

०७९ असारमा सक्नेगरी निर्माण सुरु गरिए पनि ०८० को मंसिरमा मात्रै सम्पन्न भएको हो। पुल चार करोड ८२ लाख रूपैयाँमा निर्माण भएको हो।

images
images

ढोरपाटन- बागलुङको ढोरपाटन नगरपालिका-६ को दोगाडीघाटमा मोटर गुड्ने पुल निर्माण भएपछि स्थानीयवासीलाई यात्रा गर्न सहज भएको छ। पुल निर्माण नहुँदा पालिकाको केन्द्र बुर्तिबाङ बजारसम्म सिधा यात्रा गर्न वञ्चित रहेका गाडीखोला क्षेत्रका नागरिकलाई पुल बनेपछि सहज भएको हो।

images
images
images

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको रकमबाट पुल निर्माण भएको हो। पुल निर्माणका लागि विसं २०७७ असार १६ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पूर्वधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। विसं २०७९ असार १० गते पहिलो पटक निर्धारित म्याद सकिएको थियो।

images

म्याद थप भएकामा पनि काम नसकेपछि पुनः म्याद थप भएको थियो। निर्माण कम्पनीले विसं २०८० असार १० गतेसम्म सक्ने गरी म्याद थपे पनि गत मङ्सिरमा मात्रै निर्माण सम्पन्न भएको इञ्जिनियर प्रकाश श्रीसले जानकारी दिए। उनका अनुसार मङ्सिरमा पुल सम्पन्न भएपछि यही पुस पहिलो सातादेखि सञ्चालनमा आएको छ। पुल चार करोड ८२ लाख रूपैयाँमा निर्माण भएको थियो ।

images
images
images

पुल सञ्चालनमा आएपछि ढोरपाटन-६ को ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वारलगायत ढोरपाटन क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न सहज भएको वडाध्यक्ष उमेश बुढा मगरले बताए। सडक खुलेको वर्षौँ बितिसक्दा पनि स्थानीयवासीले सहज रुपमा यात्रा गर्न नपाएको भन्दै अब पहिलेको जस्तो समस्या भोग्न नपर्ने उनको भनाइ थियो।

सडक पनि कच्ची हुँदा बर्खाको चार महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै बर्खाको समय गाउँमा कोही बिरामी परे अस्पताल पुर्‍याउन निकै समस्या भोगेको वडाध्यक्ष मगरले स्मरण गरे।

'यो पुल नबन्दा यस क्षेत्रका नागरिकलाई आवागमनमा सास्ती हुने गरेको थियो। पालिकाको केन्द्रसम्म पुग्न निकै गाह्रो हुन्थ्यो। हिउँदमा जसोतसो खोला तरे पनि बर्खामा बाढीको समस्या थियो', उनले भने, 'अहिले पुल बनेसँगै गाउँगाउँमा मोटरबाटो पुगेको छ। यात्रा गर्न र सामान ढुवानीमा सहज हुन थालेको छ। वर्षौँदेखि भारी भोक्ने जनता अब गाडीमा चढेर गाउँ-बजार गर्छन्।'

बजार बुर्तिबाङ पालिकाको केन्द्र हो। बजारदेखि गाउँमा पुग्न दुई वर्ष अगाडिसम्म दुई वटा पुल तर्नुपर्थ्यो। बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन। यसअघि दोगाडीसम्म गाडीमा पुगेपछि अर्को फेर्नुपर्ने समस्या थियो। रासस


प्रकाशित : बुधबार, पुस २५ २०८०१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend