सोमबार, वैशाख १७ गते २०८१    
images
images

कृषिमा आत्मनिर्भर बन्दै म्याग्दीका महिला

images
images
images
कृषिमा आत्मनिर्भर बन्दै म्याग्दीका महिला
फाइल तस्बिर

जिल्लाको कुल खेतीयोग्य जमिनको ६९ प्रतिशत जमिनमा परम्परागत र व्यावसायिक खेती गरिएको छ। अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका अधिकांश महिला व्यापार/व्यवसाय र पशुपालनमा छन्।

images
images

गलेश्वर- पछिल्लो समय म्याग्दीको कृषि क्षेत्रमा महिलाको सहभागिता बढे्सँगै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन्।

images
images
images

युवा तथा पुरुष वैदेशिक रोजगारका लागि विदेशिने क्रम बढ्दै गएपछि यहाँको कृषि क्षेत्रमा महिला र प्रौढ पुरुषको सहभागिता बढ्दै गएको हो। म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय व्यावसायिक खेती गर्ने महिलाको सङ्ख्या बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

images

जिल्लाको कुल खेतीयोग्य जमिनको ६९ प्रतिशत जमिनमा परम्परागत र व्यावसायिक खेती गरिएको छ।

images

एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ स्थानीय तह रहेको म्याग्दीका मालिका, मंगला र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकाका महिला व्यावसायिक तरकारी तथा फलफूल खेतीमा लागेका केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए। उनका अनुसार अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका अधिकांश महिला व्यापार/व्यवसाय र पशुपालनमा छन्।

images
images

राम्रोसँग उज्यालो हुन नपाउँदै घर नजिकैको तरकारी बारीमा पग्छिन् राधिका सापकोटा। उनले दरबाङ बजारको पूर्वतर्फ रहेको भिरालो जमिन र पाटोबारीमा बन्दा, गोभी, साग, गोलभेँडालगायत तरकारी लगाएकी छिन्। बारीमा पुगेर तरकारी टिप्ने र बिक्रीका लागि बजारसम्म लैजाने व्यवस्था आफैले मिलाउने गरेको सापकोटाले बताइन्।

उता मंगला गाउँपालिकाकी जुना कँडेलको दिन पनि तरकारीको स्याहार, सम्हार र गोडमेलमै बित्ने गर्छ। मालिका गाउँपालिका-५ की देवी सिउथानी र बेनी नगरपालिका-३ की टीकाकुमारी पुनको दैनिकी पनि सुन्तला टिप्न र बिक्री गर्नमा व्यस्त देखिन्छिन्। व्यापारी गाडी लिएर सुन्तला खरिद गर्न गाउँमा नै आएपछि यतिबेला म्याग्दीका सुन्तला किसानलाई टिप्न र बिक्री गर्न भ्याइनभ्याइ छ। यी त केही उदाहरण मात्रै हुन्।

मालिका-१ निस्कोटकी रुपा सुनारले यसवर्ष आलु, सिमी, कोदो र सुन्तला बिक्री गरेर एक लाख ९० हजार रूपैयाँ आम्दानी गरेको बताइन्। उनका श्रीमान् वैदेशिक रोजगारीका लागि तीन वर्षदेखि मलेसियामा छन्। आफूले फलफूल, तरकारी र अन्न कृषिबाट उत्पादित वस्तु बिक्री गरेको पैसाले घरखर्च, छोराछोरीको पढाइ र अन्य घरायसी आउने काम खर्च गर्ने गरेको उनले जानकारी दिए। श्रीमानले विदेशमा कमाएको पैसा बचत हुने गरेको उनको भनाइ थियो।

पछिल्लो समय जिल्लाका महिला तरकारी, फलफूल र पशुपालनमार्फत स्वावलम्बी बन्दै गएका मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बताइन्। जिल्लाका स्थानीय तहका कृषि शाखाका अनुसार म्याग्दीमा पछिल्लो समय कृषि पेसालाई नै आम्दानीको माध्यम बनाउने र व्यावसायिक रुपमा कृषि पेसामा लाग्ने महिलाको सङ्ख्या बढेको छ।

मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले गाउँमा खेतीपाती गरेर जीविकोपार्जन गर्ने महिलाको सङ्ख्या बढ्दै गएको बताए। उनका अनुसार अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने भएकाले स्वभाविक रुपमा कृषिमा पनि पुरुषको तुलनामा महिलाको संलग्नता बढी हुने गरेको हो।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना-२०७८’ अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको सङ्ख्या १३ प्रतिशतले बढेको छ भने पुरुषको सङ्ख्या घटेको छ। उमेर समूहका हिसाबले ५४ वर्षमुनिका किसानको संलग्नता पनि घट्दै गएको जनाइएको छ।

कृषिमा युवाको सङ्ख्या घट्नुको कारण रोजगार र अध्ययनको सिलसिलामा विदेशिनु रहेको राष्ट्रिय कृषि गणनाको तथ्यांकमा उल्लेख छ। 'युवा विदेशिएपछि त्यसको असर कृषिमा देखिएको हो। युवा जनशक्ति विदेशिएसँगै कृषि क्षेत्रमा महिला र प्रौढहरूको सङ्ख्या बढ्नु बाध्यात्मक परिस्थितिको उपज हो', रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने।

म्याग्दीमा पछिल्ला समय व्यावसायिक खेतीमा महिलाको सहभागिता आशा लाग्दो गरी बढेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख बाँस्तोलाले बताए। उनका अनुसार अनुसार विगत १० वर्षको तुलनामा जिल्लामा फलफूल र तरकारी उत्पादन २० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ भने यसबाट महिलाको आम्दानी पनि बढेको छ।

जिल्लामा ५५ प्रतिशतभन्दा बढी टुक्रे जग्गा भएकाले कृषिमा लाग्ने परिवारको सङ्ख्या बढेको जनाउँदै बाँस्तोलाले कृषियोग्य जमिन भने घटेको बताए। जमिनको कित्ताकाट र किसानको परिवार बढेको देखिएको उनको भनाइ थियो।

'महिला र प्रौढ उमेरका पुरुष मात्रै खेतीपातीमा छन्। युवा पुस्ताको आकर्षण कम छ', जिल्लाका अगुवा किसान चन्दबहादुर कार्कीले भने। २०६८ को कृषि गणनाअनुसार २५ वर्षभन्दा मुनि उमेर समूहका मुख्य किसानको हिस्सा चार दशमलव दुई प्रतिशत थियो भने २०७८ सम्म आइपुग्दा यो उमेरका मुख्य किसानको हिस्सा एक दशमलव छ प्रतिशतमा झरेको छ।

एक दशकमा २५ देखि ३५ वर्ष उमेर समूहका किसान २२.१ प्रतिशतबाट घटेर १२.९ प्रतिशतमा झरेको छ। त्यस्तै, ३६ देखि ४६ वर्ष उमेर समूहका किसानको सङ्ख्या पनि घटेको गणनाले देखाउँछ।

जिल्लामा पछिल्लो समय खाद्यान्न बालीमा भन्दा नगदेबालीमा आकर्षण बढेको देखिएको छ। तरकारी, फलफूल, बेमौसमी खेती जस्ता तत्कालै आयआर्जन हुने खेतीमा यहाँका महिलाको आकर्षण बढेको कृषि प्राविधिकले बताएका छन्।

गाउँमा पुरुष कृषि मजदुर पाउन कठिन हुन लागेको बेनी नगरपालिका-२ का क्षेत्रबहादुर कटुवालले बताए। 'गाउँमा काम गर्न सक्ने उमेरका पुरुष नै छैनन्। सबै अध्ययन र रोजगारीका लागि विदेश वा सहरतिर छन्। यहाँको कृषि क्षेत्र महिलाको बलबुतोमा थामिएको छ', उनले भने। रासस

images

प्रकाशित : बुधबार, पुस २५ २०८००२:३३

प्रतिक्रिया दिनुहोस