बुधबार, वैशाख २६ गते २०८१    
images
images

डिशहोम बन्यो सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी

images
images
images
डिशहोम बन्यो सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी

उच्च गतिको इन्टरनेट सेवाको खोजीमा रहेका ग्राहकहरूका लागि सबैभन्दा किफायती विकल्प भएको कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- डिशहोम फाइबरनेट नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी बनेको छ।

images
images
images

नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपीएस) को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिशहोम अगाडि देखिएको हो।

images

इन्टरनेट प्रदायक कम्पनीहरुको एक वर्षको शुल्कलाई आधार बनाएर अध्ययन गरिएको थियो छ। नेपालमा सबैभन्दा छिटो र प्रतिस्पर्धीहरुको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा डिशहोमले प्रदान गर्दै आएको अध्ययनको निस्कर्ष छ। तुलनात्मक अध्ययनले विभिन्न इन्टरनेट सेवा प्रदायकहरूमध्ये २ सय एमबीपीएस इन्टरनेट प्याकेजमा डिशहोम फाइबरनेट ग्राहकका लागि सस्तो देखाएको छ।

images

डिशहोमले सबैभन्दा कम शुल्कमा २ सय एमबीपीएसको उच्च स्पिडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। नयाँ जडान गर्ने ग्राहकका लागि डिशहोम फाइबरनेटले सदस्यता शुल्कमा मात्र ११ हजार १५ रूपैयाँको प्याकेज प्रदान गर्नेछ।

images
images

उच्च गतिको इन्टरनेट सेवाको खोजीमा रहेका ग्राहकहरूका लागि सबैभन्दा किफायती विकल्प भएको कम्पनीले जनाएको छ।

डिशहोम फाइबरनेटले सस्तो र पहुँचयोग्य उच्च स्पिड इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धताअनुसार सेटअप शुल्क जम्मा ५ सय रूपैयाँ मात्र तोकेको छ। एक वर्षभरि ग्राहकले ११ हजार १२१ रूपैयाँमा २ सय एमबीपीएसको इन्टरनेट सुविधा लिन सक्नेछन्।

डिशहोम फाइबरनेटको प्रतिस्पर्धी मूल्य निर्धारण रणनीतिले उच्च गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धतामा कमी नआउने कम्पनीले स्पष्ट गरेको छ। डिशहोमले ल्याएको ग्राहक केन्द्रित नयाँ रणनीतिले छिटो र भरपर्दो इन्टरनेट सेवाको माग माग बढ्दै गएको आजको अवस्थामा ग्राहकहरुका लागि विकल्प हुन सक्ने विश्वास कम्पनीको छ।

images

प्रकाशित : बुधबार, पुस २५ २०८००१:५८

प्रतिक्रिया दिनुहोस